सर्वहारा कम्युनिस्ट नेता ‘प्रचण्ड’द्वारा सेनाको हेलिकप्टर दुरुपयोग
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली सेनाको हेलिकप्टर चढेर पार्टी कार्यक्रममा सहभागी भएका छन् ।
प्रचण्डले बिहीबार सेनाको हेलिकप्टर चढेर रामेछाप जिल्लाको दोरम्बामा आयोजित पार्टीको कार्यक्रममा सहभागी भएका हुन् । पार्टीको कार्यक्रममा सहभागी हुन जाने क्रममा प्रचण्डले निजी कम्पनीको हेलिकप्टर नचढेर सेनाको हेलिकप्टर चढेको विषयमा प्रश्न उठेको छ ।
सैनिक जनसम्पर्क निर्देशनालयले प्रचण्डलाई हेलिकप्टर शुल्क लिएर दिएको हो वा निःशुल्क दिएको भन्नेबारेमा केही प्रतिक्रिया दिन मानेन् । स्रोतका अनुसार प्रचण्डले सेनाको हेलिकप्टर सत्ताको आडमा पावर लगाएर पार्टीको कार्यक्रममा लगेका हुन् ।
पार्टीको कार्यक्रममा हेलिकप्टर लैजान पाइँदैन । लैजानु नै पर्यो भने हेलिकप्टरको भाडा तिर्नुपर्छ । तर, प्रचण्डले भाडा नतिरेको सैनिक मुख्यालय निकट उच्च स्रोतले जनाएको छ ।
माओवादीको सशस्त्र द्वन्द्वका बेला सेनासँगको भिडन्तमा मारिएका व्यक्तिहरूको सम्झनामा दोरम्बामा भएको कार्यक्रममा सहभागी हुन प्रचण्ड कान्छी छोरी गंगा दाहाल आचार्य, निजी सहयोगी जोखबहादुर महरा तथा सुरक्षाकर्मीलाई लिएर बिहीबार हेलिकप्टर चढेर गएका थिए ।
प्रचण्डले सेनाको हेलिकप्टर कुन हैसियतले चढेका हुन् ? भनेर दोलखाका स्थानीयले प्रश्न गरेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत