पूर्वएमालेलाई पुगेन भाग, ओलीले खोसे प्रचण्डको अंश
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओलीले पूर्वमाओवादी नेताले सम्हालेको एउटा मन्त्रालय टुक्र्याएर दुईवटा मन्त्रालय बनाउने गृहकार्य गरेका छन् ।
प्रधानमन्त्री ओलीले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई टुक्राउने विषयमा ‘नेकपा’का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग परामर्श गरेको उच्च स्रोतले जनाएको छ । पूर्वमाओवादी नेता चक्रपाणि खनालले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका छन् ।
पूर्वएमालेका नेताहरूको उक्साहटमा भागबण्डा मिलाउन प्रधानमन्त्री ओलीले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई टुक्र्याएर दुईवटा मन्त्रालय बनाउन लागेका हुन् । टुक्रिएर बन्ने नयाँ मन्त्रालयहरूमा ‘कृषि मन्त्रालय’ र ‘भूमि सुधार तथा सहकारी मन्त्रालय’ हुने उच्च स्रोतले जनाएको छ ।
मन्त्रालय टुक्र्याएपछि पूर्वएमाले नेतृ एवम् स्वास्थ्य राज्यमन्त्री पद्माकुमारी अर्याललाई बढुवा गरेर भूमि व्यवस्था तथा सहकारीमन्त्री बनाउने तयारी भएको छ ।
मन्त्रालय टुक्र्याउने विषयमा ओली र प्रचण्डबीच सहमति हुनुका साथै गृहकार्य शुरु भइसकेको छ । मन्त्रालय टुक्र्याउन लागेको विषयमा विभागीय मन्त्री खनालले अनभिज्ञता जनाएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत