कांग्रेसको विधान मस्यौदा समितिमा यसरी मिल्यो कुरा
काठमाडौं । नेपाली कांग्रेसको विधान मस्यौदा समितिमा देखिएको विवादमा कुरा मिलेको छ ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विधान मस्यौदा समिति गठनका लागि सदस्यहरूको नाम दिन सहमत भएका छन् ।
पार्टी सभापति शेरबहादुर देउवासहित पदाधिकारीहरूसँग बुधबार भएको बैठकमा नेता पौडेलले भोलिसम्म नाम दिने सहमति भएको हो । कृष्णप्रसाद सिटौला समूहको जिम्मा आफूले लिन नसक्ने पौडेलले बताएका छन् ।
नेताहरूका अनुसार समिति ९ सदस्यीय हुनेछ । त्यसमा संयोजक बाहेक ४–४ हुने बताइएको छ ।
Published : Wednesday, 2018 July 18, 4:35 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

यसमा तपाइको मत