मोदीको ‘जुनाफ’मा अभिनन्दन अर्पणपछि चन्द्रागिरिमा फुर्यो कविता
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्कप्रसाद ओली पछिल्लो दिनमा अलोकप्रिय बन्दै गएका छन् ।
ओलीका निर्णय र अभिव्यक्तिले लोकप्रियताभन्दा पनि अलोकप्रियता बढी देखिन थालेको आफ्नै दल नेकपाका नेताहरूको भनाइ छ । नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले पनि ओली सरकारको घुमाउरो भाषामा आलोचना थालेका छन् ।
त्यति मात्रै होइन राजा महेन्द्र र ओलीमा धेरै समानता भेटिन थालेका छन् । राजा महेन्द्रले चर्को राष्ट्रवादको नारा लगाए । तर, भारत–चीन युद्धपछि नेपालको कालापानीमा भारतीय सैनिकको तैनाथीलाई आँखा चिम्लिएका थिए ।
त्यसबेला भएको गोप्य सन्धी अझै गोप्य नै छ । राजा महेन्द्र त्योबेला चीनतिर हैन, भारततिर बढी ढल्किएका थिए । भारतीय प्रधानमन्त्री जहवारलाल नेहरूसँग सम्बन्ध सुधारे । भारतमा एक महिनासम्मको लामो राजकीय भ्रमण पनि राजा महेन्द्रले त्यही बेला गरेका थिए ।
राजा महेन्द्रलाई बनारस हिन्दू विश्वविद्यालयले ‘डाक्टर अफ लेटर्स’ उपाधी दिएको थियो । स्वदेशमा भने राजा महेन्द्रले सगरमाथा, ढाका टोपी, बुद्ध, मेची, महाकालीका नारा उरालीरहे ।
प्रधानमन्त्री ओलीले पनि उग्रराष्ट्रवादको नारा उरालेका छन् । अहिले आएर ओली भारत समक्ष लम्पसार परेको नेकपाका नेताको आरोप छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘जुनाफ’मा अभिनन्दन अर्पण पनि गरिएको छ । कोशी उच्च बाँध र भारतको रिभर लिँक प्रोजेक्टको डिजाइन बमोजिम पानीजहाजका नाराको आवरणमा नेपालका बाँकी नदीनाला पनि बुझाउने काम ओलीकै करकमलबाट भएको आरोप छ ।
राजा महेन्द्र चलाख थिए । आफ्ना राजनीतिक कमजोरी ढाकछोप गर्न राजा महेन्द्र साहित्य, सँगीत र कलाको आवरण ओढ्थे । राजा महेन्द्र निकै भावुक, हृदय भएका, कवि मनका भन्ने छापपार्न अनेक उपक्रम गरिरहन्थे ।
एक पटक महेन्द्रले चितवनमा नारायणी नदीमै डुँगाहरूको स्टेज बनाइ कविता गोष्ठीको आयोजना गरेका थिए । राराको भ्रमण गरी राराकी अप्सरा भन्दै कविता पनि रचेका थिए ।
अहिलेका कम्युनिस्ट प्रधानमन्त्री ओलीले आइतबार मात्रै चन्द्रागिरिको डाँडामा आयोजित कवि गोष्ठीमा सहभागी भएर त्यस्तै छनक दिएका छन् । ओलीले कविता पनि रचेका छन् ।
प्रधानमन्त्री ओलीलाई कविता लेख्ने फुर्सद हुनु भनेको देश समृद्ध भइसकेको प्रमाण हो । प्रधानमन्त्री व्यस्त हुनुपर्ने गरी अब यो देशमा के नै गर्न बाँकी छ र ? सारा जनताले मार्सी चामलको भात खान पाएकै छन् । सारा जनताले अपोलोमा गएर मृगौला प्रत्यारोपण गर्न पाएकै छन् । सरकारले नै सारा जनताको औषधि उपचारको व्यवस्था मिलाइसकेको छ । मानौं, यो फुर्सदको समयमा अब प्रधानमन्त्री ओलीले महाकाव्य नै लेख्नुपर्छ ।
आलोचकहरूले सामाजिक सञ्जालमा भनेका छन्, ‘अहा, कस्तो कवि मन भएको, कस्तो हृदयशील, कस्तो भावुक प्रधानमन्त्री । तर, एउटा प्रश्न, प्रधानमन्त्रीको कवि हृदय जुम्लामा अनशन बसेका, घाँटीमा इन्फेक्सन भइसकेका, छिन-छिनमा मुर्छा परीरहेका र कुनै पनि बेला प्राण पखेरु उडनसक्ने संगीन घडीमा पुगेका डा.गोविन्द केसीलाई देखेर चाहिँ किन नपग्लीएको होला ?’
ओलीले त्यति मात्रै होइन वनको जंगल कौडीको भाउमा भाडामा लिएर व्यापार गरेका व्यक्तिहरूको व्यापार पर्वद्धन गर्ने गरेर कविता लेखेको यो कार्यको आलोचना भइरहेको छ । चन्द्रागिरि केबल कारले जंगल फडानी गरेको ओलीले देखेनन् । चन्द्रागिरि केबल कारले राज्यलाई ठगी गरेको पनि ओलीले किन देखेनन् भनेर आलोचना भइरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत