दाङमा महामारी फैलिदा ओली, पोखरेल र सांसदहरू बेपत्ता, संसदमा उठेन आवाज
काठमाडौं । दाङको शान्तिनगरमा फैलिएको झाडा पखाला नियन्त्रणमा केन्द्रीय र प्रदेश ५ को सरकारका साथै जनप्रतिनिधिहरूले खासै चासो नदेखाएको आरोप स्थानीयले लगाएका छन् ।
झाडापखालाबाट आइबारसम्म झण्डै ११ सय स्थानीय बिरामी परेका छन् । तर, उनीहरूको उपचारमा दाङमा रहेका सीमित चिकित्सक र स्वास्थ्यकर्मीले उपचार गरिरहेका छन् ।
बिरामीको संख्या बढ्दा समेत कम्यनिस्ट प्रधानमन्त्री केपी ओली र प्रदेश ५ का कम्युनिस्ट मुख्यमन्त्री शंकर पोखरेलले झाडा पखाला नियन्त्रणमा धेरै महत्व नदिएको आरोप स्थानीयको छ । दाङमा महामारीले ठूलो रुप लिँदै गएको छ ।
बरु नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले बिरामीको उपचार र झाडापखाल नियन्त्रणमा ध्यान दिन सरकारसँग माग गरेका छन् ।
गिरीले आइतबार विज्ञप्ति जारी गरेर शान्तिनगरसहितका गाउँमा फैलिएको झाडा पखाला नियन्त्रण र बिरामीको उपचारमा ध्यान दिन सरकारसँग माग गरेका हुन् ।
प्रधानमन्त्री ओलीले आइतबार संसदमा झण्डै ढेड घण्टा लामो भाषण दिए । ओलीले झाडापखाला नियन्त्रण गर्न झिनो आवाजमा निर्देशन दिए । उनले उपचार खर्च पनि सरकारले व्यहोर्ने बताए । तर, उनले राहतको केही कुरा गरेनन् ।
दाङ जिल्लाबाट संसदमा प्रतिनिधित्व गर्ने एमाले र माओवादी केन्द्रका सांसदहरूले पनि झाडापखालाका बिरामीको उपचारका बारेमा सदनमा एकशब्द उठाएनन् ।
नेपाली कांग्रेसबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सांसद अनिता देवकोटाले आफूले झाडा पखाला नियन्त्रणका विषयमा सरोकारवाला निकायमा दवाव दिएको प्रतिक्रिया दिइन् ।
दाङ जिल्लाबाट यस पटक प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेशमा अधिकांश पद एमाले र माओवादी केन्द्रले जितेका छन् ।
प्रतिनिधि सभामा माओवादी केन्द्रका सांसद कृष्णबहादुर महरा सभामुख छन् । तर, उनले पनि झाडा पखाला नियन्त्रणमा कुनै पनि रुलिङ गरेनन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत