प्रचण्डले देखाए असली ‘हर्कत’, माओवादीको चालादेखेपछि छक्कै पर्‍यो एमाले

काठमाडौं । एमाले–माओवादी केन्द्रबीच पार्टी एकीकरणको अन्तिम तयारी भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संगठन सुदृढीकरणको नाममा सबैलाई चकित तुल्याइदिने गरे नयाँ कार्यक्रम बाहिर ल्याएका छन् ।

तत्कालीन समयमा लडाकु समायोजनको कुरा हुँदा प्रचण्डले सर्वसाधारण र उमेर नपुगेकालाई समेत लडाकुको बिल्ला भिराइदिएका थिए । अहिले फेरि प्रचण्डले सेना समायोजनको बेलामा जस्तै हर्कत एमालेसँग देखाउन थालेका छन् ।

माओवादीले आफ्नो संगठनलाई सुदृढ बनाउने निर्णय गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आइतबार बिहान खुमलटारस्थित निवासमा आइतबार बसेको केन्द्रीय कार्यालय (हेडक्वार्टर)को बैठकले पार्टी संगठन सुदृढ बनाउने निर्णय गरेको हो ।

बैठकले पार्टी संगठनलाई कसरी सुदृढ बनाउने भन्ने निर्णय गर्न र कार्ययोजना निर्माणका लागि पार्टी सचिवालयको बैठक बोलाउने निर्णय गरेको छ ।

अध्यक्ष प्रचण्ड एमालेसँग तत्काल पार्टी एकता नहुनेमा निकै विश्वस्त छन् । पार्टीका अन्य नेताहरू पनि प्रचण्ड जत्तिकै एमालेसँगको एकताका लागि त्यति विश्वस्त देखिदैनन् । आइतबारको हेडक्वार्टर बैठकमा बोल्ने अधिकांस नेताहरूले एकता समानताका आधारमा सम्मानजनक ढंगले हुनुपर्ने र त्यो न्यायोचित हुनुपर्ने कुरामा जोड दिएका थिए ।

जनयुद्धलाई हेर्ने दृष्टिकोण, चुनाव चिन्ह र कमिटीहरूमा भागबण्डाको विषयमा विवाद छ । यी तीन विषयमध्ये सबैभन्दा जटिल र पेचिलो चाहिँ पदीय भागबण्डा नै बनेको छ । माओवादी केन्द्रले समानताका आधारमा कमिटी निर्माण हुनुपर्ने अडान राखेको छ, जुन स्वीकार गर्न एमाले तयार छैन ।

यतिबेला एमालेको भातृ संगठनहरू मात्रै तयारी अवस्थामा छन् । माओवादीका भातृसंगठन तन्दुरुस्त र सुचारु छैनन् । छिट्टै पार्टी एकता हुने आशाका साथ तल्लो तहका कमिटीहरूले न नियमित बैठक गर्न सकेका छन् ।

यसको घाटा एमाले भन्दा माओवादी केन्द्रलाई बढी परेको छ । किनभने, तुलनात्मक रुपमा एमालेको भन्दा माओवादी केन्द्रको प्रभाव स्थानीय तहमा कमजोर छ ।

चुनाव यता दुबै पार्टीका सांगठनिक गतिविधि स्थानीयस्तरमा कम भएका छन् । एमालेको तुलनामा माओवादी केन्द्रकै संगठनहरू तहसनहस अवस्थामा छन् । यही अवस्था मध्यनजर गर्दै माओवादी केन्द्रले संगठन निर्माणमा ध्यान केन्द्रित गर्न लागेको हो ।

Published : Monday, 2018 April 23, 4:45 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया