कांग्रेसका दुश्मनहरूको बिगबिगी, बाध्य भयो नोट जारी गर्न

काठमाडौं । नेपाली कांग्रेसले प्रदेश सरकार र अविश्वास प्रस्तावहरूका विषयमा कतिपय सञ्चार माध्यममा भ्रमपूर्ण र अस्पष्ट समाचार प्रकाशन गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार प्रेस नोट जारी गरेर पार्टीको निर्णय विपरीत अस्पष्ट र भ्रमपूर्ण समाचार प्रकाशन भएकोमा ध्यानाकर्षणसहित भ्रम निवाराणार्थ प्रेस नोट जारी गरिएको जनाएका छन् ।

‘यथार्थ विवरणप्रति सु–सूचित रहेर समाचार सम्प्रेषण गर्नुहुन समेत नेपाली कांग्रेस सबैमा आग्रह गर्दछ’, प्रेस नोटमा भनिएको छ ।

‘दुई प्रदेश सरकार उपर दर्ता गरिएका अविश्वास प्रस्तावमाथि नेपाली कांग्रेसले लिनुपर्ने निर्णय सम्बन्धि विषय र प्रक्रिया सम्बन्धमा छलफल गर्न सभापति शेरबहादुर देउवाले माघ ७ गते प्रदेश १ तथा माघ ९ गते वाग्मती प्रदेशबाट केन्द्रीय समितिमा रहनुभएका साथीहरूको बैठक बोलाउनु भएको थियो’, प्रेस नोटमा भनिएको छ, ‘दुवै बैठकमा नेता रामचन्द्र पौडेलको सहभागिता थियोे ।’

‘छलफल क्रममा सभापति देउवाले ‘आवश्यक निर्णय गर्न प्रदेश संसदीय दललाई अधिकार दिनु ब्यवहारिक र लोकतान्त्रिक हुने’ धारणा राख्नु भएको थियो’, कांग्रेसले भनेको छ ।

‘कतिपय सञ्चार माध्यममा योभन्दा विपरीत अस्पट र भ्रमपूर्ण समाचार प्रकाशन भएकोमा ध्यानाकर्षणसहित भ्रम निवाराणार्थ यो प्रेस नोट जारी गरिएको छ’, कांग्रेसले सचेत गराएको छ ।

‘यथार्थ विवरणप्रति सु–सूचित रहेर समाचार सम्प्रेषण गर्नुहुन समेत नेपाली कांग्रेस सबैमा आग्रह गर्दछ’, कांग्रेसले भनेको छ ।

प्रदेश सरकार र अविश्वास प्रस्तावहरूलाई लिएर कांग्रेस सभापति देउवाले पार्टीका पदाधिकारी र शीर्ष नेताहरूसँग परामर्श गरेका थिए ।

देउवाद्वारा गरिएको छलफल र परामर्शका विषयमा केही सञ्चारमाध्यमले कांग्रेसको बदनाम गर्ने गरि समाचार सम्प्रेषण गरेपछि प्रेस नोट जारी गरेर कांग्रेसले आफ्नो धारणा स्पष्ट पारेको छ ।

एनजिओ र आईएनजिओ तथा कम्युनिस्ट समर्थक केही अनलाइनहरूले कांग्रेसको बदनाम हुने गरेर समाचार सम्प्रेषण गरेका थिए ।

Published : Friday, 2021 January 22, 10:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया