टोखा– २ को विरोध कार्यक्रममा महामन्त्री डा.कोइराला सहभागी
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइराला प्रधानमन्त्री केपी ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्धको वडाको कार्यक्रममा सहभागी भएका छन् ।
काठमाडौंको टोखा नगरपालिका– २ मा बिहीबार बिहान आयोजित कांग्रेसको विरोध सभामा डा.कोइराला सहभागी भएका हुन् । उनले विरोध सभालाई सम्बोधन गर्दै ओलीको अलोकतानित्रक कदमको विरोध जनाए ।
विरोध सभा हुनुभन्दा अगाडि कांग्रेसका नेता कार्यकर्ताहरूसँगै महामन्त्री डा.कोइराला विरोध र्यालीमा सहभागी भएका थिए ।
वडाको कार्यक्रममा समेत उल्लेख्य संख्यामा जम्मा भएका कांग्रेसका नेता कार्यकर्ताहरूले प्रधानमन्त्री ओली र कम्युनिस्ट सरकारविरुद्ध नारावाजी गरेका थिए ।
कांग्रेसका महमन्त्री डा.कोइरालाको निवास टोखा नगरपालिकामा रहेको छ । आफ्नै घर रहेको वडामा डा.कोइराला सरकार विरोधी कार्यक्रममा सहभागी भएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया