संसद पुनःस्थापना भएपनि, नभएपनि ओलीलाई बालुवाटारबाट कांग्रेसले विस्थापित गर्छः विश्वप्रकाश शर्मा

भक्तपुर । नेपाली कांग्रेसका प्रवक्ता एवम् युवा नेता विश्वप्रकाश शर्माले संसद पुनःस्थापना भएपनि नभए पनि बालुवाटारबाट प्रधानमन्त्री केपी ओली विस्थापित हुने घोषणा गरेका छन् ।

भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा शनिबार कांग्रेसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता शर्माले कांग्रेसले ओलीलाई बालुवाटारबाट विस्थापित गर्ने बताए । उनले ओलीलाई बालकोटमा स्वागत गर्न ठूलो छाती बनाएर बस्न सझाव दिएका छन् ।

कांग्रेसका प्रवक्ता शर्माले संसद विघटनको निर्णय असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावादी रहेको बताएका छन् । उनले प्रधानमन्त्री ओलीलाई सर्वोच्च अदालततिर फर्किएर दवावको भाषा नबोल्न सचेत गराएका छन् ।

‘प्रधानमन्त्री ओलीजी सर्वोच्च अदालततिर फर्किएर दवावको भाषा नबोल्नु होला । न्यायाधीशहरू नेकपाका पोलिटब्यूरोका सदस्य होइनन्’, उनले धम्कीको शैलीमा भने, ‘न्यायाधीशहरू शीतलनिवासमा बस्नेले जस्तो निर्देशन दिँदैमा लुरुक्क परेर सहि गर्ने पनि होइनन् ।’

‘न्यायाधीशले यो देशको संविधानको पुस्तकलाई हेरेर निर्णय गर्नेछन्’, प्रवक्ता शर्माले भने, ‘प्रधानमन्त्रीको काम सार्वजनिक ठाउँमा जुहारी खेल्ने होइन । सर्वोच्चले फैसाल जे गर्छ त्यो स्वीकार गर्न तयार छु भन्ने हो प्रधानमन्त्री ओलीजीले ।’

‘सर्वोच्च अदालतले संसद विघटनको निर्णय असंवैधानिक ठहर गर्‍यो भने ओलीजी बालुवाटारबाट जाने हो । ढिलोचाँढो चुवना भयो भने पनि ओलीजी बालुवाटारबाट जानेनै हो ।’

‘बा ओलीजीलाई बालकोटमा स्वागत गर्न ठूलो छाती बनाएर रख्ने हालो’, कांग्रेसका प्रवक्ता शर्माले भनेका छन्, ‘कमरेड ओलीजीलाई कांग्रेसले बालुवाटारबाट विदाइ गर्छ ।’

प्रवक्ता शर्माले सम्बोधनको अन्त्यतिर भने, ‘बालुवाटार र बालकोटले सुन्ने गरि सबैले भन्नुहोला, जय नेपाल ।’

कांग्रेसका प्रवक्ता शर्माले जनतालाई खोप दिने बेला अरबौ रुपियाँ खर्च गरेर प्राधानमन्त्रीलाई भोट चाहिएको भन्दै कोरोनाविरुद्धको खोप छिटो ल्याएर जनतालाई लगाउन आग्रह गरेका छन् ।

‘जनतालाई खोप चाहिएको छ । ओलीजीले दयालु मानिसहरू हो खोप किन्न पैसा दिनुहोला भनेर चन्दा माग्दै हुनुहुन्छ’, शर्माले भने, ‘भोटका लागि अरबौ रुपियाँ चुनावमा खर्च मिल्ने । जनताको जीवन बचाउन चन्दा माग्नुपर्ने ? यही हो कम्युनिस्ट भनेको ।’

शर्माले भारतीय टिभीका पत्रकारसँग खरो कुरा गरेर ओलीलाई राष्ट्रवादी मान्न नसकिने बताएका छन् । ‘भारतीय पत्रकारसँग खरो कुरा गर्ने होइन । भारतीय प्रधानमन्त्रीसँग ओलीले खरो कुरा गर्न सक्नुपर्छ । बल्ल हामीले वाहा राष्ट्रवाद भनौँला’, शर्माले भने, ‘ओलीजीले रोटी सेक्न राष्ट्रवादको कुरा गर्ने गर्नु हुन्छ ।’

शर्माले प्रश्न गर्दै भनेका छन्, ‘ओलीजी भारतीय पत्रकार अनुमति नलिएर सगरमाथामा कसरी पुग्यो ? सगरमाथाको दाबी ठोक्नुपर्छ भन्दै छ । ‘बा’ले अन्तर्वार्तामा त्यही पत्रकारलाई क्या दिनुभो भन्दै छन् । पत्रकार भने अनुमति नलिइकन सगरमाथामा दाबी गर्न पुगेको छ ।’

ओली नेतृत्वको कम्युनिस्ट सरकारले संस्थागत भ्रष्टाचार गरेको उनले आरोप लगाएका छन् । गोकर्ण रिसोर्ट, वाइडबडी, सेक्युरिटी प्रिन्टिङ प्रेस, सबैमा संस्थागत भ्रष्टाचार भएको उनले बताए । ल

कडाउनमा जनतालाई घरमा थुनेर स्वास्थ्य सामग्री खरिदमा अरबौको भ्रष्टाचार भएको शर्माले बताएका छन् ।

भक्तपुरको मध्यपुर थिमिमा कांग्रेसले संसद विघटन गर्ने ओलीको कदमविरुद्ध विरोध प्रदर्शन गरेको थियो । सभालाई भक्तपुर कांग्रेसका सभापति दुर्लभ थापासहितका नेताहरूले पनि सम्बोधन गरेका थिए ।

Published : Saturday, 2021 January 16, 4:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया