कामचलाउ कम्युनिस्ट सरकारका उप–प्रधानमन्त्रीलाई एक सय किलोको माला

मलंगवा । प्रधानमन्त्री केपी ओली नेतृत्वको काम चलाउ कम्युनिस्ट सरकारका उप–प्रधानमन्त्री ईश्वर पोखरेललाई नेकपाका नेताहरूले एक सय किलोको फूलको माला लगाइदिएका छन् ।

सर्लाहीको मलंगवामा मंगलबार आयोजित बृहत कार्यकर्ता भेलामा पोखरेललाई एक सय किलोको फूलको माला लगाइदिएका हुन् । नेकपाका तीन–चार जनाले उचालेर माला लगाइदिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

कोरोना महामारीबाट जनतालाई बचाउनुपर्ने भनेर आवाज उठिरहेका बेला नेकपा भने विभाजन भएको छ । सरकारका मन्त्रीहरू जिल्ला जिल्लामा सम्मान खाँदै हिडेका छन् ।

ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सर्लाहीमा शक्ति प्रदर्शन गरेको थियो ।

राजनारायण साहको अध्यक्षतामा भएको कार्यक्रमलाई उप–प्रधानमन्त्री पोखरेलका साथै सत्यनारायण मण्डल, प्रभु साह, लीलानाथ श्रेष्ठ, रघुवीर महासेठ, शिवपुजन रायसहितका नेताहरूले सम्बोधन गरेका थिए ।

कार्यक्रममा हजारौँ नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

उप–प्रधानमन्त्री पोखरेलले जसपाका केन्द्रीय सदस्य रामबहादुर रायसहित सयौँ कार्यकर्तालाई पार्टीमा स्वागत गरेका थिए ।

Published : Wednesday, 2021 January 13, 2:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया