प्रहरी हेडक्वाटरद्वारा यी ३० एसपीहरूको सरुवा, ओलीको जिल्लामा सानुराम गए

काठमाडौं । प्रहरी प्रधान कार्यालय मानवश्रोत एवम्् प्रशासन विभागले ३० जना प्रहरी उपरीक्षक (एसपी)हरूको सरुवा गरेको छ ।

प्रहरी महानिरीक्षकको पुस २१ गतेको निर्णयअनुसार माघ महिनादेखि तलव, भत्ता समेत हाल भएको दरबन्दीबाट खान पाउने गरि उपरीक्षकहरूको सरुवा गरिएको विज्ञप्तिमा उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट एसपी गंगा पन्तलाई सरुवा गरि सो स्थानमा बेलबहादुर पाण्डेलाई सरुवा गरिएको छ ।

एसपी आभुषण तिम्सिनाको जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा सरुवा भएको छ । उमाप्रसाद चतुर्वेदीको कञ्चनपुर, गंगा पन्तको केन्द्रीय अनुसन्धान ब्युरो ईन्टेलिजेन्स महाशाखा महाराजगञ्ज, दीपेन्द्र शाहको बारा, प्रकाश रानाभाटको धनुषा, विकासराज खनाल प्रहरी प्रधान कार्यालय घुम्ती पर्यटक प्रहरी कार्यालय नक्साल, काठमाडौं, बेलबहादुर पाण्डेलाई पर्सा प्रहरी कार्यालयमा सरुवा गरिएको छ ।

महेन्द्र खड्कालाई धादिङ, भुपेन्द्रबहादुर खत्रीलाई काभ्रे, लोकेन्द्र श्रेष्ठलाई बागलुङ, सानुराम भट्टराईलाई झापा, सिद्धिबिक्रम शाहलाई रौतहट, मकवानपुरमा हिमालयकुमार श्रेष्ठलाई सरुवा गरिएको छ । झापा प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला पर्छ ।

Published : Tuesday, 2021 January 5, 11:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया