देउवाको आन्दोलनको प्रस्तावले कार्यकर्ता खुसी, ‘प्रचण्ड–माधव’सँग मिल्ने पौडेलको कुरा खारेज
काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीको संसद विघटन गर्ने असंवैधानिक कदमविरुद्ध देशभरका स्थानीय निकायमा प्रदर्शन गर्ने निर्णय गराएका छन् ।
पार्टीभित्र आन्दोलनको मोडालिटीका विषयमा फरक फरक धारणाहरू आइरहेका बेला देउवाले देशैभरि आन्दोलनको माहौल बनाउन सबै स्थानीय निकायका सबै वडा तहसम्म विरोध प्रदर्शन गर्ने आफै प्रस्ताव गरेर केन्द्रीय समिति बैठकबाट निर्णय गराएका हुन् ।
देउवाले शनिबार आफ्नै निवास बुढानिलकण्ठमा पार्टीमा अनौपचारिक छलफल गराएर आइतबारको केन्द्रीय समिति बैठकबाट वडा तहसम्म ओलीको असंवैधानिक कदमविरुद्ध प्रदर्शन गर्ने निर्णय भएको हो ।
बैठकमा देउवा आफैले ३३० वटै प्रदेशसभा निर्वाचन क्षेत्र, ७७५ नगरपालिका र गाउँपालिकाहरू तथा ६ हजार ७७४ वडामै प्रदर्शन गर्ने प्रस्ताव आइतबारको केन्द्रीय समिति बैठकमा राखेका थिए । देउवाले उक्त प्रस्ताव राखेपछि सर्वसम्मत रुपमा पारित भएको थियो ।
सोहीअनुसार कांग्रेसले पुस २५ गते शनिबार देशभरका ३ सय ३० वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा संसद विघटनको असवैधानिक कदमविरुद्ध विरोध प्रदर्शन हुँदैछ ।
त्यस्तै माघ ३ गते शनिबार देशभरका ७ सय ७५ वटै गाउँपालिका र नगरपालिकाहरूमा कांग्रेसले विरोध प्रदर्शन घोषणा गरेको छ ।
माघ ८ गते विहिबार देशभका ६ हजार ९ सय ७४ वटै वडाहरूमा विरोध प्रदर्शन राखेको छ ।
देउवाले केपी ओलीको असंवैधानिक कदमका बारेमा वडा तहसम्म जानकारी दिने उदेश्यले उक्त कार्यक्रम घोषणा गरेका हुन् ।
पार्टीभित्रै वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका केही नेताहरूले भने नेकपा प्रचण्ड–माधव समूहसँग मिलेर संयुक्त आन्दोलन गर्नुपर्ने धारणा राखेका थिए । तर पौडेलको प्रस्ताव बैठकबाट अस्वीकृत भएको एक केन्द्रीय सदस्यले जानकारी दिएका छन् ।
केन्द्रीय समितिका अधिकांश सदस्यहरूले अन्य दलसँग मिलेर नभई कांग्रेस एक्लैले आन्दोलन गर्नुपर्ने विचार व्यक्ति गरेका थिए ।
देउवाले बैठकमै ओलीको असंवैधानिक कदमका बारेमा सबै जनतालाई जानकारी गराउनेगरी वडा तहसम्म प्रदर्शन गर्नुपर्ने भन्दै प्रस्ताव गरेका थिए ।
देउवाले यसअघि भक्तपुर क्षेत्र नम्वर २ मा कांग्रेसले आयोजना गरेको विरोध कार्यक्रमा बोल्दै प्रधानमन्त्री ओलीको संसद विघटनको असंवैधानिक कदमविरुद्ध देशव्यापी आन्दोलन गर्ने घोषणा गरेका थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया