ओलीको अर्को शक्तिशाली बिकेट गयो
विराटनगर । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले प्रधानमन्त्री केपी ओली निकटका प्रदेश १ का प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीलाई कारबाही गरेको छ ।
आइतबार बसेको प्रचण्ड–माधव समूहको बैठकले राजभण्डारीलाई प्रमुख सचेतकबाट हटाउने निर्णय गरेको नेकपा संसदीय दलका उप–नेता टंक आङ्बुहाङले बताएका छन् ।
राजभण्डारीलाई कारबाही गरेपछि प्रधानमन्त्री ओली र मुख्यमन्त्री राईलाई तनाब बढेको छ ।
प्रचण्ड–माधव समूहले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिसकेको छ ।
बैठकमा ४० जना प्रदेश सभाका सांसदहरूको उपस्थिति रहेको दाबी गरिएको छ ।
राजभण्डारीलाई प्रमुख सचेतकको जिम्मेवारीबाट हटाएर सम्पूर्ण कामको जिम्मेवारी सचेतक सौभाग्यवी राईलाई दिइएको छ ।
यसअघि राजभण्डारी र इन्द्रमणी पराजुली समितिमा प्रतिनिधित्व गर्थे । आइतबारको बैठकले संसदको कार्य व्यवस्था समितिमा प्रतिनिधित्व गर्नका लागि प्रदेश सांसद लीलाबल्लब अधिकारी र उपेन्द्रप्रसाद घिमिरेलाई तोकेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया