अग्नि सापकोटाका ७० जना नेता कार्यकर्ता कांग्रेसमा प्रवेश, बस्नेतद्वारा स्वागत

सुनकोशी । सिन्धुपाल्चोक जिल्लामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ७० जना नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् ।

सुनकोशी गाउँपालिका– ५ खोलाखर्कमा शनिबार आयोजित कार्यक्रममा नेकपासहितका विभिन्न दलका नेता कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका हुन् । नवप्रवेशीहरूलाई कांग्रेस नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले पार्टीमा स्वागत गरेका हुन् ।

सुनकोशी गाउँपालिकाका अध्यक्ष विनोद जिसीले पनि नवप्रवेशीहरूलाई स्वागत गरेका थिए ।

सिन्धुपाल्चोक जिल्लाबाट तत्कालीन माओवादीबाट निर्वाचित अग्निप्रसाद सापकोटाले विकासका काम गर्न नगसेको भनेर आलोचना हुँदै आएको छ ।

नेकपाका नेताहरूको व्यक्तिगत स्वार्थमा प्रतिनिधि सभा विघटन गरेर पार्टी विभाजन भएका बेला सिन्धुपाल्चोकमा सापकोटाका कार्यकर्ताहरूले पार्टी छाडेर कांग्रेसमा प्रवेश गरेका छन् ।

Published : Saturday, 2021 January 2, 6:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया