कम्युनिस्ट भनेका थारो भैँसी हुन्, विकास कांग्रेसले गर्छः मोहनबहादुर बस्नेत

सुनकोशी । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले जनताले अब होस पु¥याएर कांग्रेसलाई जिताएर देश बचाउन अनुरोध गरेका छन् ।

गृहजिल्ला सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका– ५ खोलाखर्कमा निर्माण भएको बर्दानेश्वर महादेवको मन्दिरको उद्घाटन कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै कांग्रेस नेता बस्नेतले जनताले झण्डै दुईतिहाइको बहुमत दिँदा पनि कम्युनिस्टहरूले देशलाई बर्बाद बनाएको बताए ।

‘कांग्रेसले पनि होस पुर्‍याउनुपर्ने समय आएको छ’, उनले भने, ‘जनताले पनि होस पुर्‍याएर सुझबुझका साथ कांग्रेसलाई जिताएर देश, संविधान र लोकतन्त्रलाई बचाउनुपर्छ ।’

खेलकुद विभागका प्रमुख समेत रहेका नेता बस्नेतले कांग्रेसलाई जिताएर जनताले देश बचाउनुपर्ने बताए । ‘विदेशीको इसारामा कम्युनिस्टहरूबाट काम भएको छ’, उनले भने, ‘नेकपाभित्रको विवाद हुँदा कहिले भारतबाट आउँछ, कहिले चीनबाट नेताहरू आउँछ ।’

भारतले नाकाबन्दी लगाउँदा केपी ओलीले राष्ट्रियताको ठूलाठूला कुराहरू गरेको भन्दै कांग्रेस नेता बस्नेतले भने, ‘अहिले आएर ओलीको राष्ट्रवाद देखियो होला नि ?’

देशलाई कम्युनिस्टहरूले बर्बाद बनाएको बताए । ‘गृहमन्त्रीको भाई लुटेराको नाइके हो । सांसद अपहरणकारी नेकपाकै सांसद परेको छ’, उनले भने, ‘प्रहरीको आइजीपी भएको मान्छे अपहरणमा गएको छ । भ्रष्टाचार भएको छ ।’

‘कम्युनिस्टहरू ठूलो भाग खान मिलेका हुन्’, उनले भने, ‘अब यस्तो गर्न थाले कुनै सम्बन्ध नभएका देशसँग सम्बन्ध राखेका छन् । कम्युनिस्टहरू क्युबा, भेनेजुएला, चीनको पछाडि लागेका छन् ।’

कांग्रेस नेता बस्नेतले कम्युनिस्ट र प्रधानमन्त्री केपी ओलीका कारण संविधान दुर्घटनामा परिसकेको बताएका छन् । उनले भने, ‘मैले धरानमा बोल्दा संविधान दुर्घटनामा पर्छ भनेको थिएँ । नभन्दै दुईदिनमा संसद विघटन भयो ।’

नेता बस्नेतले कांग्रेसले मात्रै मुलुकको विकास गर्ने बताएका छन् । ‘कांग्रेसले फटाफट काम गरेको बेला, भोट फटाफट उता कम्युनिस्टलाई हाले’, उनले भने, ‘विकास गर्ने, काम गर्ने कांग्रेस हो गफ लगाउँदैन ।’

‘कम्युनिस्टले खोलाखर्कमा यो काम गरिदियो भनेर एउटा मात्रै काम भनिदिनुस्’, उनले भने, ‘सबै काम मैले गरिदिएको छु ।’

‘असार र मंसिरमा भैँसीलाई धेरै खुवाउने गरिन्छ । हलिले धेरै खान्छ भनेर हलिको भाग भनिन्छ । खेतीपाती गर्ने बेला’, बस्नेतले भने, ‘थारा भैँसीलाई नपाल्ने भएपनि किन खुवाउने ? थारो भैँसीले कहिले काहिँ त दुध दियो होला । यो कम्युनिस्टहरू भनेका थारो भैँसी हो ।’

उनले प्रश्न गर्दै भने, ‘पचास लाख पुल बनाउन पैसा दिन्छु भनेर कति ढाँटे ? भोट पाएर गए । पैसा दिएनन् ।’

‘तपाई जनता एकढिक्का नभए तपाईहरूको बाटो बन्दै बन्दैन । पैसा ख्वप ख्वाप ल्याउन मान्छे मै हो’, उनले भने, ‘मलाई चित्त बुझेन भने मैले ल्याउँदैन । ०४८ सालदेखि विकास गर्ने मैले । तपाईहरूले भोट हाल्ने कम्युनिस्टलाई ?’

‘चीन र भारत मिलेर कुकुर बिरालोलाई एकै ठाउँमा राखिदिएको छ’, पूर्वमन्त्री बस्नेतले भने, ‘ङ्यार–ङ्यार र घुरघुर गरेर बसेका छन् । यो खोर भत्किन्छ भनेको थिएँ । पार्टी फुटाए ।’

‘कम्युनिस्टले नेपाली जनताको मतमाथि बलात्कार गरेका छन् । आफू झगडा गरेर संसद विघटन गरेका छन्’, उनले भने, ‘अहिले खोर बाहिर आएका छन् । एकले अर्कालाई गद्धार भनेका छन् । सबै कम्युनिस्ट गद्धार हुन् । हामीलाई त पहिलादेखि थाहा थियो कम्युनिस्ट गद्धार हुन् भनेर । त्यो हारेको बामदेव गौतमलाई सांसद बनाएको छ ।’

‘अग्नि सापकोटाले अत्याधिक मत पाएर जित्नुभयो । आफ्नो क्षेत्रमा सांसद र सभामुख भएपछि एकसुक्का पैसा लिएर आउनुभएको छैन’, उनले भने, ‘सांसद विकास कोषको पैसा बाहेक सापकोटाले केही ल्याउनु भएको छैन ।’

‘कम्युनिस्टले प्रदेश र केन्द्रमा जितेका छन् । एकपैसा ल्याएका छैनन्’, कांग्रेस नेता बस्नेतले भने, ‘मेरो सम्पत्ति जाने होइन । मैले करोडौँ, अरबौँ बजेट ल्याइदिएँ । जसको हुति हुन्छ त्यसले राज्यको ढुकुटीबाट पैसा ल्याउँछ ।’

नेता बस्नेतले कांग्रेस बनाएको बुढापाकाले होभन्दै प्रशंसा गरेका छन् । उनले भने, ‘अस्तिन बिगारिदिएको युवाहरूले हो ।’

‘सरर कालोपिचमा हिँड्ने हो भने कांग्रेसलाई भोट हाल्ने’, उनले भने, ‘मोटरसाइक्ल चलाउँदा खुट्टामा प्लास्टिक बाँधेर मोटरसाइकल चलाउँन पर्दैन ।’

उनले भने, ‘कम्युनिस्ट भनेका कुकुर र बिराला हुन् । भारतलाई बुझाउँछन् कि चीनलाई बुझाउँछन् ।’

‘कम्युनिस्टलाई जिताउँदा जनतालाई अफ्ठ्यारो परेको छ’, उनले भने, ‘कांग्रेसले जितेको भए सबै काम गर्ने थियो ।’

‘पानी, मोटरबाटो, बिजुली ल्याइदिएको कांग्रेसले हो । यो सबै कुरा हो भन्ने, अरु कता हो कता’, उनले भने, ‘जनताको मत विना हामी केही गर्दैनौँ । जनताको हैसियत बनाउने तपाईहरू हो ।’

‘जनता समस्यामा पर्दा कांग्रेस खालिहात जाँदैन । कम्युनिस्टहरू हेलिकप्टरमा गए । तर, खालिहात’, उनले भने, ‘ठूलोपाखरमा वडा सदस्य हारेका थिए । राष्ट्रिय सभाको सांसद बनाइदिए ।’

Published : Saturday, 2021 January 2, 4:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया