कोरोनाविरुद्धको खोप ल्याउने विषयमा सरकारको तयारी शून्य, कांग्रेसले दवाव सिर्जना गर्ने

काठमाडौं । नेपाल चिकित्सक संघले कोरोनाविरुद्धको खोप विभिन्न देशहरूले लगाउन शुरु गरिसक्दा पनि नेपालले खोप ल्याउन ठोस पहल नगरेको भन्दै असन्तुष्टि जनाएको छ ।

नेपाली कांग्रेसका सह–महामन्त्री एवम् कोभिड–१९ अनुगमन समितिका संयोजक डा.प्रकाशशरण महतसँग शुक्रबार भएको छलफलमा संघका पदाधिकारीहरूले खोप ल्याउने विषयमा सरकारको तयारी शून्य रहेको बताएका हुन् । उनीहरूले सरकार खोप ल्याउने विषयमा गम्भीर भएर नलागेको बताए ।

सह–महामन्त्री डा.महतले सरकार कोरोना रोकथाम र नियन्त्रणमा विगतमा पनि गम्भीर नभएको भन्दै कोरानाविरुद्धको खोप ल्याउनेबारेमा पनि जिम्मेवार हुन नसकेको आफूले पाएको बताए । उनले कोरोनाविरुद्धको खोप छिटोभन्दा छिटो ल्याउन र त्यसको सहि रुपमा व्यवस्थापन गर्न सरकारलाई कांग्रेसले दवाव दिने बताएका छन् ।

डा.महतले कोरोनाविरुद्धको खोप आयो भने पहुँचका आधारमा खोप लगाउने कार्य भयो भने दुर्भाग्यपूर्ण हुने चेतावनी दिएका छन् ।

विकसित मुलुकहरूले आफ्ना नागरिकहरूलाई कोरोनाविरुद्धको खोप दिन शुरु गरिसकेका छन् ।

अन्य साना मुलुकहरूले पनि कुटनैतिक पहलमार्फत खोप ल्याउन शुरु गरेका छन् ।

नेपालले कोरोनाविरुद्धको खोप ल्याएर राख्ने ठाउँको व्यवस्पान पनि गर्न नसकेको संघका पदाधिकारीहरूले सह–महामन्त्री डा.महतलाई जानकारी गराएका थिए ।

Published : Friday, 2021 January 1, 1:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया