खुमलटार छिरे बामदेव गौतम
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को असन्तुष्ट समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग वामदेव गौतमले भेटवार्ता गरेका छन् ।
ललितपुरको खुमलटारस्थित दाहालको निवासमा शुक्रबार बिहान भेटवार्ता भएको हो । दाहाललाई भेट्न गौतम खुमलटार पुगेका हुन् ।
नेकपा विभाजन भएपछि तटस्थ बस्दै आएका गौतमले आफूलाई कता खुलाउने केही भनेका छैनन् । राष्ट्रिय सभाको बैठक बस्नुभन्दा केही घण्टा अगाडि गौतमले अध्यक्ष दाहाललाई भेट गरेका छन् ।
प्रतिनिधि सभा निर्वाचनमा गृहजिल्ला बर्दियाबाट पराजित भएका गौतम राष्ट्रिय सभाका मनोनीत सांसद पनि हुन् ।
नेकपाको तत्कालीन ९ सदस्यीय सचिवालयमध्ये महासचिव विष्णु पौडेल, ईश्वर पोखरेल र रामबहादुर थापा प्रधानमन्त्री केपी ओलीको समूहमा छन् ।
पूर्वमाओवादीका रामबहादुर थापा केही दिनको अन्यौलपछि ओली समूहमा लागेका थिए ।
गौतमले आफूलाई किन कित्ता खुलाएका छैनन् भनेर धेरैले आश्चर्य व्यक्त गरेका छन् । गौतमले अबसर लिन र बार्गेनिङग गर्नका लागि आफूलाई तटस्थ राखेको भनेर नेकपाकै नेताहरूले आरोप लगाउँदै आएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया