ललितपुरमा कम्युनिस्ट सांसद नवराज सिलावललाई सयौँ नेता कार्यकर्ताले चत्रक्कै छाडे, कांग्रेसमा स्वागत
चापागाउँ । ललितपुर जिल्लाको बुखेलमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका स्थानीय नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छ ।
शुक्रबार गोदावरी नगरपालिकाको वडा नम्बर ७, १०, ११ र महाँकाल गाउँपालिका बुखेलका सयौं नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् । नेपाल तरुण दल ललितपुर क्षेत्र नं. १ ले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा नेकपाका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् ।
उनीहरूलाई कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी, युवा नेता एवम् पूर्व राज्यमन्त्री उदयशम्शेर राणा, ललितपुर कांग्रेसका सभापति मदनबहादुर अमात्य, युवा नेता एवम् केन्द्रीय खेलकुद विभागका सचिव मीनकृष्ण महर्जनले करीव २ सय नेकपाका नेता कार्यकर्ताहरूलाई कांग्रेसमा स्वागत गरेका हुन् ।
गोदावरी नगरपालिका– ७ देवीचौरका नेकपाका लोकप्रिय नेता जगत लामाको नेतृत्वमा एक सय जना स्थानीय नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् ।
कांग्रेस नेता कल्याण तामाङको विशेष पहलमा गोदावरी नगरपालिका–१० र ११ बाट मात्रै करीव ५० जना कांग्रेसमा प्रवेश गरेका छन् ।
महाँकाल गाउँपालिका बुखेलबाट नेकपाका प्रभावशाली नेता सानुमान लो, हीरामान डिम्डुङ ‘जय’लगायतका स्थानीय कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका छन् ।
पार्टी प्रवेश कार्यक्रम कांग्रेसका युवा नेता एवम् केन्द्रीय खेलकुद विभागका सचिव मीनकृष्ण महर्जनको विशेष भूमिका रहेको थियो । ललितपुरमा महर्जन युवाहरूका बीच लोकप्रिय मानिन्छन् ।
कार्यक्रममा ललितपुर कांग्रेसका नेता ऋषिराम घिमिरे, रविन्स शर्मा, गणेश केसी, रामकृष्ण हुमागाइँ, सानुकान्छा मोक्तान, प्रभाकर पोखरेल, सानुभाई पहरी, रामशरण घिमिरे, खोमप्रसाद घिमिरे, विमलचन्द्र विष्ट, क्षेत्रीय सभापति राजन घिमिरे, प्रदेश ‘क’ सभापति सुन्दरमान थिङ, प्रदेश ‘ख’ सभापति रामकृष्ण लामा ‘ईन्द्र’, क्षेत्रीय सचिव मथुरा शर्मालगायतको उपस्थिति रहेको थियो ।
गोदावरी नगरपालिका उप–मेयर एवम् कांग्रेस नेतृ मुना अधिकारी, बागमती गाउँपालिका प्रमुख वीरबहादुर लोप्चन, गोदावरी नगरपालिका–७ का वडाध्यक्ष गिरीप्रसाद तिमल्सिना, वडा नं. ६ का वडाध्यक्ष विष्णुमान महर्जन, बागमती गाउँपालिका माल्टाका वडाध्यक्ष विजयकुमार लो, कोञ्ज्योसोम गाउँपालिका नल्लीका वडाध्यक्ष एवम् कांग्रेसका युवा नेता तीर्थ घलान, दलचोकीका वडाध्यक्ष तिलक बम्जनलगायतको उपस्थिति रहेको थियो ।
ललितपुर क्षेत्र नम्बर १ बाट तत्कालीन एमालेबाट प्रहरीका पूर्व डीआईजी नवराज सिलवाल प्रतिनिधि सभामा निर्वाचित भएका छन् ।
प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष खड्गप्रसाद ओलीका विश्वासपात्र मानिने सिलवालले ललितपुरमा काम गर्न नसकेको भनेर आलोचना भइरहेका बेला नेकपामा झण्डै दुई स्थानीय लोकप्रिय नेता कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका छन् ।
नेकपाका नेता कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेपछि कम्युनिस्ट सांसद सिलवाल तनामा परेका छन् ।
कार्यक्रममा कांग्रेसका नेताहरूले तरुणहरूलाई तयारी अवस्थामा बस्न निर्देशन दिएका छन् ।
कम्युनिस्टका कारण मुलुकको राष्ट्रियता कमजोर भएको भन्दै नेताहरूले अहिलेको अवस्थामा जेपनि हुन सक्ने भन्दै तयारी अवस्थामा बस्न निर्देशन दिएका हुन् ।
उनीहरूले देश र जनताको हकहितका लागि कांग्रेसले नै नेतृत्व लिनुपर्ने भन्दै अबको निर्वाचनमा कांग्रेसका जित सुनिश्चित रहेको धारणा राखेको कांग्रेसका युवा नेता महर्जनले जानकारी दिए ।









बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया