ओलीको गृहजिल्लाको विरोध सभालाई सम्बोधन गर्न कांग्रेसले खटायो कमाण्डर
काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाश शरण महतले झापामा हुने सरकार विरोध सभालाई सम्बोधन गर्ने भएका छन् ।
झापाको विरोध सभालाई सम्बोधन गर्न सह–महामन्त्री डा.महत मंसिर २८ गते झापा जाने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ ।
झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारले कोरोना महामारीका बेला पनि भ्रष्टाचार गरेको, तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि दुर्व्यवहार गरेको, महँगी, मूल्य वृद्धि, राज्य आतंक, हिंसालगायतको विरोधमा कांग्रेसले मंसिर २९ गते देशभरि प्रदर्शन गर्दै छ ।
प्रधानमन्त्री खड्गप्रसाद ओलीको गृहजिल्ला झापामा कांग्रेसले सरकार विरोधी कार्यक्रमलाई भव्य रुपमा गर्ने तयारी गरेको छ । सो कार्यक्रमलाई सम्बोधन गर्न झापा कांग्रेसको मागअनुसार डा.महत जान लागेका हुन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया