रामेछापका तरुण अध्यक्षलाई फसाउन ठूलो षड्यन्त्र, सत्ता र शक्तिको दुरुपयोग
मन्थली । नेपाल तरुण दल रामेछापले नामाडी प्रकरणलाई राजनीतिक प्रतिशोध राखेर घटनालाई तोडमोड गरेर तरुण अध्यक्ष काजीबहादुर खड्का ‘दिनेश’सहितका व्यक्तिलाई फसाउन खोजेको ठहर गरेको छ ।
रामेछाप तरुण दलद्वारा बिहीबार जारी विज्ञप्तिमा सत्ता र शक्तिको आडमा प्रहरीको समेत संलग्नतामा तरुण अध्यक्ष खड्कासहितका व्यक्तिलाई फसाउन खोजेको आरोप लगाएको हो ।
सो घटनालाई तोडमोड गरेर तरुण दल रामेछापका जिल्ला अध्यक्ष खड्कालगायतका व्यक्तिमाथि प्रहरीको समेत मिलेमतोमा ज्यानमार्ने कसुरअन्तर्गत मुद्धा दर्ता गरेको विज्ञप्तिमा उल्लेख छ ।
अध्यक्ष खड्कासहितका व्यक्तिविरुद्ध मंसिर ३ गते जिल्ला प्रहरी कार्यालय रामेछापमा ज्यानमार्ने कसुरअन्तरर्गत मुद्धा दर्ता गरिएको छ । सो कार्यको तरुण दलको कार्यसमितिको गम्भीर ध्यानकर्षण भएको जनाइएको छ ।
उपाध्यक्ष बासुदेव फुयाँल र सचिव विश्वराज कोइरालाद्वारा जारी संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘स्थापनाकालदेखि नै नेपाल तरुण दलले आफ्नो वर्गीय चरित्र अनुरुप गलत प्रवृत्तिको डटेर खबरदारी गरिरहेको इतिहास जगजाहेरै छ ।’
‘गोकुलगंगा गाउँपालिका–५ नामाडीको घटनालाई लिएर जे जसरी बास्तविकतालाई तोडमोड गर्दै कुनै पनि संलग्नता नरहेका व्यक्तिहरूमाथि जबरजस्त ढंगबाट राजनीतिक प्रतिशोध साँध्ने र पूर्वग्राही ढंगले बदनीयत तवरले व्यक्तिको चरित्र हत्या गर्ने गरी नेपाल तरुण दल रामेछापका अध्यक्ष काजीबहादुर खड्का ‘दिनेश’ लगायतका व्यक्तिमाथि प्रहरीको समेत मिलेमतोमा मंसिर ३ गते जिल्ला प्रहरी कार्यालय रामेछापमा ज्यान मार्ने कसुरअन्तरर्गत मुद्दा दर्ता गरिएकोप्रति नेपाल तरुण दल रामेछाप जिल्ला कार्यसमितिको गम्भीर ध्यानकर्षण गराउन चाहान्छौँ’, विज्ञप्तिमा भनिएको छ ।
‘लोकतन्त्रको दीप गाउँ–गाउँमा बाल्नुपर्छ अनि समाजको सर्वाङ्गीण विकास हुनुपर्छ भनेर गाउँको सेवामा तल्लिन रहेको व्यक्ति, जसको समाजप्रतिको बढ्दो आकर्षण अनि हरेक खालका विकासका गतिविधिमा पहरेदारी गरेको देख्न नसक्ने तत्वहरूले जाल र षड्यन्त्र रचेर सत्ता र शक्तिको आडमा निर्दोष व्यक्तिमाथि घटनाको प्रकृतिको यर्थात् नै नबुझी फसाउने ढंगले घटनाक्रम विकसित हुदैँ गएको छ’, विज्ञप्तिमा उल्लेख छ ।
‘घटनाको सत्यता बाहिर आउनेछ । बास्तविकता के हो भन्ने कुरा सबैले बुझ्ने छन्’, तरुण दलले भनेको छ, ‘अनि कानूनभन्दा माथि कोही छैन् भन्ने कुराको पूर्ण आभाष हुनेछ भन्ने विश्वास हामीले लिएका छौँ ।’
‘सत्यतथ्य छानविन होस् । दोषी उपर कार्वाही होस् र निर्दोष व्यक्तिलाई फसाउने तवरले तानाबाना नबुनियोस् भनि जोडदार माग गर्दछौँ’, तरुण दलले भनेको छ ।
तरुण दलले नेपाली कांग्रेसको शालिनता र अनुशासनलाई कमजोरीको रुपमा ठानेर सत्ता र शसक्तको आडमा गरिने निरंकुशता गतिविधि अघि बढ्दै गए नेपाल तरुण दल चुप लागेर नबस्ने चेतावनी समेत दिएको छ ।
विकसित घटनाबाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मा स्थानीय प्रहरी प्रशासन स्वयंले लिनुपर्ने चेतावनी दिएको छ ।
बागमती प्रदेश सरकारको बजेटमा निर्माणाधीन बासे सडक निर्माणको विषयलाई लिएर विवाद भएको थियो । सोही विवादको घटनालाई देवराज खड्काले राजनीतिक प्रतिशोधका रुपमा लिएर शक्ति र सत्ताको आडमा तरुण नेताहरूविरुद्ध प्रहरीमा मुद्धा दर्ता गराएका छन् ।
देवराज खड्काले शक्ति र सत्ताको आडमा तरुण दल रामेछापका अध्यक्ष खड्का, दीपक खडका र सुमन खडकाविरुद्ध जिल्ला प्रहरी कार्यालय रामेछापमा ज्यानमार्ने उद्योगको उजुरी दर्ता गराएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया