नुवाकोट कांग्रेसले सदस्यता विरतरणमा राख्यो नयाँ सर्त, कसैलाई भेदभाव नगर्ने
नुवाकोट । नेपाली कांग्रेस नुवाकोटले पुरानो सदस्यता प्रमाणित भएपछि मात्रै नयाँ सदस्यताको फारम बुझाउने भएको छ ।
१३औँ र १४औँ महाधिवेसनका लागि क्रियाशील सदस्यता फारम भरी पठाएकाहरू सबैको प्रमाणित भई आएमा मात्रै नयाँ सदस्यता फारम पठाउने जिल्ला सभापति जगदीश्वर नरसिंह केसीले जानकारी दिए ।
बल र शक्तिका आधारमा मात्रै सदस्यता बाँडफाँड नगर्न पार्टीको नेतृत्वलाई सभापति केसीले सुझाव दिएका छन् । शक्तिका आधारमा सदस्यता वितरण गर्ने कार्य भयो भने त्यसविरुद्ध कडा कदम चाल्न बाध्य हुने उनले चेतावनी दिए ।
नयाँ सदस्यता कायम गर्नका लागि केन्द्रीय कार्यालयबाट प्राप्त भएको फराम क्षेत्रीय समितिमार्फत वडा तहसम्म पठाएको छ ।
नुवाकोट कांग्रेसका सभापति केसीले दुई वटा महाधिवेसनको लागि नुवाकोटबाट पठाएको क्रियाशील सदस्यता नआएसम्म नयाँ सिफारिस नहुने स्पष्ट पारेका छन् ।
जिल्लाबाट केन्द्रमा पँहुच राख्ने कांग्रेस नेताहरूकै कारण १३औँ महाधिवेसनमा क्रियाशील सदस्यता नआएको उनले बताए ।
दुई वटा निर्वाचन क्षेत्र रहेको नुवाकोटमा हाल ८ हजार क्रियाशील सदस्यता रहेका छन् ।
कांग्रेसको १३औँ महाधिवेसनमा झण्डै ६ हजार क्रियाशील फारम सिफारिस भए पनि प्रमाणीकरण नभई महाधिवेसन भएको थियो ।
यस वर्ष भने पुरानो सिफरिस भएको सदस्यता प्रमाणीकरण नभएसम्म नयाँ सदस्यता सिफरिस नहुने सभापति केसीले बताए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया