म्याग्दीमा बोरा बोकेर जनताको घरमै पुग्यो कांग्रेस, कम्युनिस्टलाई तनाब पीडित खुसी
म्याग्दी । नेपाली कांग्रेस म्याग्दीले बाढीपहिरो प्राभावित र विस्थापितहरूलाई राहत वितरण कार्य जारी राखेको छ ।
कांग्रेसले आइतबार मालिका गाउँपालिका–५ देवीस्थानमा १ सय ३० घरपरिवारलाई खाद्यान्न सहयोग गरेको हो ।
देवीस्थानमा २८ घर पूर्ण रुपमा विस्थापित भएका छन् । अन्य घर विस्थापित हुने अवस्थामा पुगेका छन् ।
उनीहरूको लागि नेपाली कांग्रेस म्याग्दीका सभापति खम्बीर गर्बुजाको टोली राहत लिएर देवीस्थान पुगेको हो ।
देवीस्थानमा चामल, दाल, नुन लगायतका २ लाख ४१ हजार ८०० बराबरको खाद्यान्नको वितरण गरेको कांग्रेसले जनाएको छ ।
देवीस्थानको रुन्माको ओखलढुङ्गगामा वडा सदस्या मीमबहादुर पुनलाई सहयोग हस्तान्तरण गरिएको म्याग्दी कांग्रेसले जनाएको छ ।
दाङ्गा, घरथोक, पन्थोक, जुग्जाका बाढी पहिरोपीडितहरूको लागि वडाध्यक्ष पिपला बुढालाई खाद्यान्न बितरण गरेका छन् ।
वडाध्यक्ष बुढा र वडा सदस्य पुनले पूर्णक्षति भएका, बिस्थापित भएकालाई खाद्यान्न उपलब्ध गराएका थिए ।
राहत वितरण कार्यक्रममा मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका, महासमिति सदस्य चिरञ्जीवी शर्मा, नेपाली कांग्रेस म्याग्दीका सचिव तथा बेनी नगरपालिका प्रमुख हरिकुमार श्रेष्ठ, महिला संघ म्याग्दीकी अध्यक्ष विमला गौचन, निर्वाचन क्षेत्र ‘ख’का सभापति कमल छन्त्याल, उपसभापति मेख पुन, सचिव हीरा पुन, सचिव श्रीराम पौडेलको उपस्थिति रहेको थियो ।
त्यसै गरी सह–सचिव देविका बुढा पुन, नेपाल विद्यार्थी संघ म्याग्दीका सभापति निर्मल खत्री, तरुण दल म्याग्दीका उप–सभापति विश्वास श्रेष्ठ, सचिव नगेन्द्र मल्लको टोलीले देवीस्थानको पहिरो प्रभावित क्षेत्रको अवलोकन गरेको छ ।
सबैको ध्यान मानवीय क्षति पुगेको स्थानमा केन्द्रित भएको कांग्रेस नेताहरूले जनाएका छन् ।
आफूहरूलाई बेवास्ता गरेको पीडितले कांग्रेस नेताहरूसँग गुनासो गरेको सभापति गर्बुजाले बताएका छन् ।
सरकारी पक्ष अहिलेसम्म कोही पनि देवीस्थानका बाढीपहिरो पीडित समक्ष पुग्न सकेका छैनन् ।
बाढीपहिरोले देवीस्थानमा एउटा सामुदायिक भवन पनि भत्काएको छ ।
नेपाली कांग्रेसले बिपत ब्यवस्थापन कोष स्थापना गरि यसअघि धवलागिरी, मालिका र रघुगंगाका गाउँपालिकाका बाढीपहिरो पीडितका लागि करीब साढे १० लाख बराबरको राहत वितरण गरिसकेको छ ।
कम्युनिस्टहरू सत्ता र स्वास्थ्य सामग्री खरिद लगायतका काण्डमा मुछिएका समाचार बाहिर आइरहेका बेला म्याग्दी कांग्रेस भने गुपचुप रुपमा बाढीपहिरो पीडितलाई आफै राहतका सामग्री लगेर विरतरण गरिरहेको छ ।
म्याग्दी कांग्रेसले पीडितहरूलाई राहत वितरण गरेपछि सत्तामा रहेका कम्युनिस्टलाई तनाब भएको छ ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया