काठमाडौं उपत्यकाका बिरामीहरूको जीवन बचाउन भक्तपुर तरुणले रगत दिए

भक्तपुर । लकडाउन र कोरोना भाइरसको महामारीका बेला काठमाडौं उपत्यकामा बिरामीहरूको उपचारमा रगत अभाव नहोस् भनेर नेपाल तरुण भक्तपुरले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

नेपाल तरुण दलको सूर्यविनायक नगरपालिका वडा नं. १० कार्यसमितिले शनिबार रक्तदान कार्यक्रमको आयोजना गरेको भक्तपुर तरुण दलका अध्यक्ष राजु थापाले जानकारी दिए ।

रक्तदान गर्नेहरूलाई नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले प्रमाण पत्र प्रदान गरेका थिए ।

सभापति थापाले लकडाउन र कोरोनाको महामारीका बेला बिरामी जनताको उपचारमा रगत अभाव हुन नदिन तरुण दल भक्तपुरले गरेको कार्यक्रम प्रशंसनीय रहेको बताए ।

‘बहिरबाट हेर्दा यो रक्तदान कार्यक्रम सानो देखिन्छ’, थापाले भने, ‘एक थोपा रगतले जीवन दान दिन्छ । बिरामीको जीवन बाँच्छ ।’

तरुण दल भक्तपुरका सभापति राजु थापाले ४७ जनाले रक्तदान गरेको जानकारी दिए ।

रक्तदान गर्नेमा भक्तपुर क्षेत्र नं. २ का क्षेत्रीय सभापति नारायणभक्त खायमैली पनि रहेका छन् ।

सूर्यविनायक नगरपालिका वडा नं. १० का तरुण अध्यक्ष पारणमणि टाकुरले रक्तदाता र पार्टी सभापति दुर्लभ थापा तथा भक्तपुर तरुणका अध्यक्ष राजु थापासहितका शुभेच्छुकहरूलाई धन्यावाद दिएका छन् ।

काठमाडौं उपत्यकामा भक्तपुरले रक्तदानमा ठूलो योगदान र भूमिका खेल्दै आएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरमा रगतको अभाव हुँदा बेलाबेला भक्तपुरले रक्तदानको अभियान नै चलाएर सहयोग गर्ने गरेको छ ।

भक्तपुर तरुण दलले महिनामा चार–पाँच पटकसम्म रक्तदानको कार्यक्रमहरू गर्दै आएको छ ।

 

Published : Saturday, 2020 July 25, 12:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया