लकडाउन खुलेकै दिन काठमाडौं र धरानमा २ को कोरोनाबाट मृत्यु, देशभरि १ सय पोजेटिभ
काठमाडौं । लकडाउन खेलेको दिन बुधबार २०७ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा निको भइ घर जानेहरूको संख्या १२ हजार ६ सय ८४ जना पुगेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता जागेश्वर गौतमले दुई जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको जानकारी दिएका छन् । काठमाडौं र धुनषामा दुई जनाको मृत्यु भएको उनले बताए ।
धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिकामा बस्ने ६० वर्षीय एक पुरुषको साउन ६ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको डा.गौतमले जानकारी दिए ।
ती व्यक्तिलाई खोकी, उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि साउन २ गते प्रतिष्ठानमा भर्ना गरेर भेन्टिलेटरमा राखी सघन उपचारका क्रममा साउन ६ गते निधन भएको डा.गौतमले बताए ।
ती व्यक्तिको नमूना परीक्षण गर्दा कोरोना भाइरसको पुष्टि भएको थियो । काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा एक जना चिनियाँ महिलाको कोरोनाबाट मृत्यु भएको छ ।
‘४९ वर्षीया चिनियाँ महिलाको पोखरामा काम गर्न बसेको बेला मणिपाल अस्पतालमा भर्ना भएकोमा थप उपचारका लागि साउन २ गते हेलिकप्टरबाट काठमाडौंको ग्राण्डी अस्पतालमा ल्याइएको थियो’, उनले भने ।
‘चिनियाँ महिलालाई उपचार गराउने क्रममा कोरोना परीक्षणका लागि नमूना संकलन गरी जाँच गर्दा कोरोना पुष्टि भएको त्रिवि शिक्षण अस्पताल लगिएको थियो’, प्रवक्ता डा.गौतमले भने, ‘साउन ७ गते निधन भएको छ ।’
दुई जनाको मृत्यु भएपछि नेपालमा बुधबारसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४२ जना पुगेको छ ।
यसैबीच, बुधबार पछिल्लो २४ घण्टामा १ सय जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।
डा.गौतमका अनुसार सुनसरीमा ४, मोरङमा ३, झापमा १, ताप्लेजुङमा ३, सप्तरीमा १८, धनुषमा ५, बारामा ३ पर्सामा ५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
काठमाडौंमा ३, सर्लाही २, चितवनका १, सर्लाहका १, लमजुङमा ७, स्याङजामा ३, बागलुङमा ३, बाँकेमा ३, बर्दियामा २ सल्यानमा २, कालीकोटमा ६, दैलेखमा १६, बझाङमा १ र डोटीमा ७ जनामा कोरोना भाइरस देखिएको डा.गौतमले जानकारी दिए ।
डा.गौतमले भोजपुर, पाँचथर, धनकुटा, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ जिल्लामा कोरोना संक्रमण शून्य रहेको बताए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया