खोटाङमा कम्युनिस्ट किल्ला भत्किन थाल्यो, नेकपाका बलिया युवा नेताहरू कांग्रेसमा प्रवेश
दिक्तेल । खोटाङ जिल्लामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का पाँच जना नेता तथा कार्यकर्ता पार्टी परित्याग नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
सोमबार दिक्टेलस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा नेकपाका जिल्लास्तरीय नेता निरकुमार रसाइलीसहितको समूह कांग्रेसमा प्रवेश गरेको हो । उनीहरूलाई पार्टी सभापति नरेश श्रेष्ठसहितका नेताहरूले कांग्रेसमा भित्र्याएका हुन् ।
कांग्रेस प्रवेश गर्नेमा रसाइलीका साथै विराज आचार्य, कुमार आचार्य, रामकुमार आचार्य र हीरा कार्की रहेको पार्टी सचिव ज्ञानेन्द्र जोशीले जानकारी दिए ।
यसैबीच, नेपाली कांग्रेस खोटाङले मंगलबार वीपी कोइरालाको स्मृति दिवस विभिन्न रचनात्मक कार्यक्रम गरेर मनाउने निर्णय गरेको छ ।
बैठकमा क्रियाशील सदस्यता वितरण र नवीकरणका विषयमा पनि छलफल भएको छ ।
बैठकमा प्रतिनिधि सभाकी सांसद हीरा गुरुङ, पूर्वसांसद सरस्वती बजिमय, पूर्व सभापति विष्णुकुमार राई, कांग्रेस नेतृ विमला राई, सुवास पोखरेल, राेजन राईलगायतका नेताहरूको सहभागिता रहेको थियो ।
खोटाङ जिल्लामा प्रदेश र प्रतिनिधि सभामा कम्युनिस्टले जितेको छ । खोटाङलाई कम्युनिस्टहरूले आफ्नो किल्ला ठान्छन् ।
कम्युनिस्टले किल्ला ठान्ने खोटाङमा नेकपा कमजोर हुँदै गएको छ । नेकपा छाडेर कांग्रेस प्रवेश गर्नेहरूको क्रमशः भिड देखिदै गएको छ ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया