नेकपामा ‘ड्रायगन’को ‘इन्ट्र’, राजदूतले दिइन् दाहाल–नेपाल–खनाललाई धम्की

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद बढेर विभाजनसम्मको तयारी भएका बेला चीन अर्थात ‘ड्रायगन’ले ‘इन्ट्र’ मारेको छ ।

यसअघि नेकपाका अन्सन्तुष्ट समूहका शीर्ष नेताहरूलाई दवाव दिएर खड्गप्रसाद ओलीको प्रधानमन्त्रीको कुर्सी बचाइदिएको चीनले यस पटक पनि आफूलाई सक्रिय बनाएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेकपाका शीर्ष नेताहरूलाई भेट गरेकी छिन् ।

राजदूत यान्छीले कुटनीतिक मर्यादा विपरित नेकपाका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई निवासमै पुगेर भेटेकी छिन् । उनले भेटमा नेकपाभित्रको विवाद समाधान गरेर मिलेर जान दवाव दिएको स्रोतले जनाएको छ ।

राजदूत यान्छीले नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनाललाई पनि ओलीलाई साथ दिन दवाव दिएको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीको कार्यशैलीबाट आजित भएपछि दाहाल, नेपाल, खनाल र उपाध्यक्ष बामदेव गौतमले मोर्चाबन्दी गरेका छन् ।

ओली विरोधी समूहले राजीनामा मागेपछि नेकपाको आन्तरिक राजनीतिक निकै चुनौतिपूर्ण अबस्थामा पुगेको छ ।

नेकपा फुटको संघारमा पुगेका बेला चिनियाँ राजदूतले सक्रियता बढाएकी हुन् ।

एक महिनाअघि पार्टी सचिवालय बैठकले ओली हटाउन थालेपछि पनि राजदूत यान्छी सक्रिय भएकि थिइन ।

उनले नै नेकपाभित्रको आन्तरिक विवाद तत्कालका लागि साम्य पारेको अनुमान गरिएको थियो ।

आइतबार साँझ वरिष्ठ नेता नेपालसँग नेकपाभित्रको आन्तरिक विवादका बिषयमा छलफल भएको स्रोतले बताएको छ ।

नेकपा फुट्न नहुँने र अस्थिर सरकार बनाउन नहुँने चीन सरकारको सरोकार रहेको यान्छीले नेता नेपाललाई धारणा सुनाएकी छिन् ।

Published : Monday, 2020 July 6, 10:23 am

फेसबुकबाट तपाईको प्रतिक्रिया