कांग्रेसले आकस्मिक रुपमा बोलायो केन्द्रीय समितिको बैठक
काठमाडौं । मुलुकको पछिल्लो राजनीतिक अवस्था र १४औँ महाधिवेशनका विषयमा छलफल गर्न नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
आइतबार कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिअनुसार असार १६ गते मंगलबार दिउँसो १ बजे बैठक बस्नेछ । बैठक पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा बस्ने भएको छ ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित केन्द्रीय सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको पौडेलले बताएका छन् ।
बैठकमा १४औँ महाधिवेशनको कार्यतालिका र विदेशी महिलालाई अंगीकृत नागरिकता दिने विषयमा निर्णय हुने जनाइएको छ ।
Published : Sunday, 2020 June 28, 8:12 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया