मुख्यमन्त्रीसहितका मधेसी नेताहरूले खाए भारतीय दूतावासको रक्सी-मासु, राउतकाे ठूलै चुरीफुरी

काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासका डीसीएम अजय कुमारले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र मधेस केन्द्रित दलका नेताहरूलाई रात्रिभोज खुवाएका छन् ।

नेपाल छाडेर भारत फर्किन लागेका अजय कुमारले मुख्यमन्त्री राउतसहितका नेताहरूलाई काठमाडौंको होटेल भिभान्तमा बिहीबार राति भोज खुवाएका हुन् ।

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का नेता एवम् प्रतिनिधि सभाका सांसद लक्षमणलाल कर्णले भारतीय राजदूतावासका डीसीएम अजय कुमार विदा भएर स्वदेश फर्किन लागेकाले रात्रिभोज गरिएको बताए ।

‘अजय कुमार कार्यकाल सकेर विदाइ भएर जान लागेकाले हामीले फेयरवेल गरिएको हो’, कर्णले भने, ‘दुई–चार जना नेता र साथीहरू थियौँ ।’

कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको अत्यन्तै चुरिफुरी रहेको एक नेताले बताए । राउतले आफ्ना कानूनी सल्लाहाकार अर्थात प्रदेश २ का मुख्य न्यायाधीवक्ता दीपेन्द्र झालाई साथमा लिएर गएका थिए ।

रात्रिभोजमा पूर्वराजपरिवारका केही सदस्यहरूको पनि सहभागिता रहेको जनाइएको छ ।

रात्रिभोजमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, पूर्वमन्त्री मोहम्मद ईस्तियाक राई, लक्ष्मणलाल कर्ण, प्रदीप यादव, प्रदेश २ का मुख्यन्याधीवक्ता दीपेन्द्र झा, पूर्व राजपरिवारका नातेदार राजबहादुर सिंह, कपिल राणा, राहुल चौधरी लगायत सहभागिता रहेको स्रोतले जनाएको छ ।

भारतबाट विवाह गरेर आउने विदेशी महिलालाई सात वर्षपछि अंगीकृत नागरिक दिने विषयमा विवाद भइरहेका बेला भारतीय राजदूतावासका डीसीएम अजय कुमारले फेयरवेलको बहानामा मधेस केन्द्रित दलका नेताहरूलाई रक्सी, मासु, भातसहितका मिष्ठान्न भोजन खुवाएका छन् ।

Published : Saturday, 2020 June 27, 11:52 am

फेसबुकबाट तपाईको प्रतिक्रिया