याेगेश भट्टराईले गरिवहरूलाई धाेका दिए, सेटिङमा धनीलाई बिज्नेश, महासंघद्वारा भण्डाफाेर

काठमाडौं । खड्गप्रसाद ओली नेतृत्वको झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले राज्यलाई लकडाउनका बेला असहयोग गरेका तारे होटेलहरूलाई क्वारेन्टिन बनाएको भन्दै देशभरिका होटेल व्यवसायीहरूले आक्रोश पोखेका छन् ।

काठमाडौंमा बुधबार होटेल व्यवसायी महासंघले पत्रकार सम्मेलन गरेर विदेशबाट आउने नेपाली नागरिकहरूलाई दुई हजारभित्र कोठा र खानाको लागि प्रस्ताव दिँदा पनि सरकारले महँगा तारे होटेलहरूलाई क्वारेन्टिन बनाएको भन्दै आपत्ति जनाएको हो ।

महासंघका अध्यक्ष हिराध्वज शाहले लकडाउन हुनेवित्तिकै छ महिना होटेल बन्द गर्ने घोषणा गरेका तारे होटेलहरूलाई विदेशबाट आउने नागरिकलाई आर्थिक भार पर्ने गरी क्वारेन्टिन बनाएको बताए ।

‘कोरोना संक्रमण शुरु हुनेवित्तिकै आफ्ना मातहतका सम्पूर्ण होटेलहरू राज्यलाई आवश्यक परेमा विना शुल्क क्वारेन्टिनका लागि दिन तयार रहेको कुरा सार्वजनिक गरेको महासंघलाई बाइपास गरेर ६ मनिका लागि सबै होटल बन्द गर्ने भनेर सार्वजनिक सूचना नै जारी गर्ने निकायसँग सम्झौता गरेर विदेशबाट आउने नेपालीहरूलाई सस्तो दर रेट छाडेर महँगो दर रेटमा बस्न किन बाध्य पारियो ?’, अध्यक्ष शाहद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस विषम परिस्थितिमा राज्यका तर्फबाट होटेल व्ययवसायीहरूबीचमा पनि कसैलाई काख र कसैलाई पाख नर्गे खालको व्यवहार हुनुले हामी व्यवसायी अत्यन्तै दुखित छौँ । यस प्रति सरकारको गम्भीर ध्यान जाओस् ।’

‘खाडी तथा मलेशियाबाट आउने नेपालीहरूलाई क्वारेन्टिनको नाउमा उनीहरूकै खर्चमा जबर्जस्ती तारे होटेलमा महँगो रेटमा बस्न बाध्य पारिएको छ’, शाहले भने, ‘उक्त निर्णयमा तत्काल पुनर्विचतर गरी उनीहरूलाई आ–आफ्नो ईच्छा र स्तरअनुसारका होटेलहरूमा क्वारेन्टिनका लगि बस्न पाउने अधिकार प्रदान गरियोस् ।’

मन्त्री योगेश भट्टराईले महासंघमा आबद्ध होटेलहरूमा सस्तो दर रेटमा क्वारेन्टिन बनाउने प्रस्तावलाई लत्याएर विदेशबाट आएका नेपालीहरूलाई तारे होटेलहरूमा राखेको आरोप अध्यक्ष शाहले लगाए ।

‘हामीले लकडाउन शुरु हुनेवित्तिकै सरकारलाई सहयोग गर्ने निर्णय गरेर जानकारी समेत दियौँ’, उनले भने, ‘धेरै ठाउँमा हाम्रा होटेलहरू सस्तोमा क्वारेन्टिमा सञ्चालित छन् । तर, हामीलाई बेवास्ता गरेर तारे होटेलमा लगेर विदेशबाट आएका व्यक्तिहरूलाई महँगोमा राखियो ।’

सरकारले तारे होटेलहरूमा न्युनतम चारदेखि १५ हजारसम्म लिएर क्वारेन्टिमा राखेको छ । कम्युनिस्ट सरकारको यो निर्णयले गर्दा विदेशबाट आएका नागरिकहरू आर्थिक समस्यामा परेका छन् ।

स्रोतका अनुसार मन्त्री भट्टराईलाई तारे होटेलका मालिकहरूले प्रोलभनमा पारेर क्वारेन्टिनको विज्नेश लगेका हुन् । महासंघले दुई हजारभित्र उच्चस्तरको सबै सेवा दिनेभन्दा भन्दै पर्यटनमन्त्री योगेश भट्टराईको जोडबल र दवावमा तारे होटेलहरूलाई महँगामो विज्नेश दिएपछि होटेल व्यवसायी महासंघ रिसाएको हो ।

कम्युनिस्ट सरकारले कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा काम गर्न नसकेको भनेर आलोचना भइरहेका बेला तारे होटेलहरूलाई क्वारेन्टिन बनाउन पनि मन्त्री भट्टराईले सेटिङ गरेको आरोप लागेको छ ।

महासंघले राज्यले अत्यावसेक सेवामा राखेको तर लामो समयदेखि बन्द रहेका होटेल व्यवसायलाई सरकारले जारी गरेको मापदण्डअनुसारका सावधानीहरू अपनाएर खोल्न पाउने व्यवस्था तरुन्त लागू गर्न माग गरेको छ ।

Published : Thursday, 2020 June 25, 12:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया