लकडाउनको नपढाएको शुल्क तिर्न अभिभावकलाई निजी विद्यालयहरूको दवाव
काठमाडौं । लकडाउनका बेला पढाइ नभएको समयको शुल्क बुझाउन निजी विद्यालय सञ्चालकहरूको छाता संगठन एनप्याब्सन र प्याब्सनले अभिभावकलाई दवाव दिएको छ ।
एनप्याब्सन अध्यक्ष ऋतुराज सापकोटा र प्याब्सन अध्यक्ष टीकाराम पुरीले आइतबार संयुक्त रुपमा विज्ञप्ति जारी गरेर लकडाउनको बेलाको पनि शुल्क तिर्न विद्यार्थीका अभिभावकलाई आग्रह गरेका हुन् ।
उनीहरूलाई विद्यालयमा उपस्थित भई पूरानो शुल्क बाँकी रहेको भए चुक्ता र नयाँ शैक्षिक सत्रअनुसार विद्यार्थी भर्ना गरी शुल्क उपलब्ध गराइदिन अभिभावकलाई आग्रह गरेका छन् ।
कोरोना महामारीका कारण विद्यालय बन्द हुँदा चरम आर्थिक संकट भोग्नुपरेको निजी विद्यालय सञ्चालकहरूको भनाइ छ ।
निजी विद्यालयको एकमात्र आर्थिक स्रोत अभिभावकले तिर्ने शुल्क भएकोले समयमै उपलब्ध गराइदिन आग्रह गरेका छन् ।
उनीहरूले कोरोना महामारीपछि आर्थिक संकटका बेला सरकारले निजी विद्यालयलाई राहतलगायत सहयोग नगरेको जनाएका छन् ।
निजी विद्यालयले गत वैशाखदेखि आफ्नै पहलमा वैकल्पिक विधिबाट पठनपाठन गराउँदै आएको पनि उल्लेख गरेका छन् ।
‘लकडाउनले विद्यालय बन्द हुँदा आम्दानी शुन्य भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘विद्यालयमा आश्रित २ लाखभन्दा बढी शिक्षक, कर्मचारी र उनीहरूका परिवारले जीवनयापन कठिन भएको छ ।’
‘भाडामा सञ्चालित विद्यालयले भाडा तिर्न सकेका छैनन्’, विज्ञप्तिमा उल्लेख छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया