शनिबार काठमाडौं उपत्यकामा ८ महिलामा कोरोना, देशभरि ३३१ थपिए
काठमाडौं । काठमाडौं उपत्यकामा कोरोनाभाइरसका संक्रमित थप ८ जना थपिएका छन् ।
शनिबार स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता जागेश्वर गौतमले काठमाडौंमा १ महिला र भक्तपुरमा ७ महिलामा संक्रमण भेटिएको जानकारी दिए ।
काठमाडौं उपत्यका ८ सहित देशभरि शनिबार कोरोनाभाइरसका तीन सय ३१ जना संक्रमित थपिएका छन् ।
योसँगै कोरोनाबाट शनिबारसम्म संक्रमित हुनेको संख्या आठ हजार छ सय पाँच पुगेको छ ।
Published : Saturday, 2020 June 20, 6:04 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया