‘जनतामारा’ सुदूरपश्चिम प्रदेशको कम्युनिस्ट सरकारलाई कांग्रेसले दियो झट्का

धनगढी । सुदूरपश्चिम प्रदेशको कम्युनिस्ट सरकारले कोरोनाभाइरसको संक्रमणका बेला तलब भत्ता बढाएको विरोधमा विपक्षी दल नेपाली कांग्रेसले विरोध जनाएको छ ।

कांग्रेसको सुदूरपश्चिम संसदीय दलका नेता डा. राणबहादुर रावलले तलब भत्ता बढाएकोमा आपत्ति जनाएका छन् ।

कांग्रेसका संसदीय दलका नेता रावलले कोरोनाभाइरसको रोकथाममा ध्यान दिन छोडेर सुदूरपश्चिम प्रदेशको कम्युनिस्ट सरकार तलब तथा सेवा सुबिधा बढाउनेतर्फ लाग्दा जनता निरास भएको बताए ।

संसदको तलबभत्ता बढाउने जस्ता हर्कतको प्रतिपक्षी दल कांग्रेसले विरोध गरेपछि प्रदेशको कम्युनिस्ट सरकारलाई तनाब भएको छ ।

तलबभत्ता बढाउने विषयमा कांग्रेसले पूर्ण रुपमा असहमति जनाएको छ ।

केन्द्र सरकार र प्रदेश सरकार जनताको भावना बिपरित कुशासनतर्फ हिँडेको भन्दै डा.रावलले कोरोना रोगथाम, क्वारेन्टाइन ब्यवस्थापन, टेष्टिङ्ग, राहत ब्यवस्थापन, विदेशबाट स्वादेश फर्केका श्रमिकलाई रोजगारी सृजनाका बारेमा सरकारले सोच्नुपर्ने बताए ।

Published : Friday, 2020 June 19, 10:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया