कम्युनिस्टहरूले प्रजातन्त्रविरुद्ध हर्कत गरेपछि कांग्रेस नेता खाँणले सिकाए संविधानको पाठ

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक समेत रहेका केन्द्रीय सदस्य बालकृष्ण खाँणले नेपालमा चिनियाँ कम्युनिस्ट शासन व्यवस्था स्थापना गर्न खोजेको भन्दै आपत्ति जनाएका छन् ।

नेपाल र चीनका दुई कम्युनिस्ट पार्टीबीच शुक्रबार भिडियो कन्फ्रेन्स (भर्चुअल)मार्फत ‘पार्टी र देशलाई परचालन गर्ने अनुभव आदान–प्रदान गर्न चीन र नेपालका सत्तारुढ पार्टीका उच्च पदाधिकारीबीच गोष्ठि उद्घाटन समारोह’ कार्यक्रम भएको केही समयभित्रै कांग्रेस नेता खाँण संविधान विपरितका हर्कत नगर्ने सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चेतावनी दिएका हुन् ।

शुक्रबार ट्वीट गर्दै कांग्रेस नेता खाँणले सत्तारुढ नेकपाबाट भइरहेका पछिल्ला गतिविधि संविधान विपरित रहेको जनाएका छन् ।

‘चिनियाँ कम्युनिस्ट पार्टीले नेपाल कम्युनिस्ट पार्टीको माध्यमबाट नेपालमा चिनियाँ शैलीको शासन ब्यबस्था स्थापना गर्ने प्रयत्न गर्नु नेपालको संविधानको प्रतिकूल छ’, कांग्रेस नेता खाँणले चेतावनीयुक्त शैलीमा भनेका छन् ।

‘सत्तासिन पार्टीले संविधान प्रतिकूल कार्य गर्न मिल्छ ?’, खाँणले प्रश्न गर्दै भनेका छन्, ‘संविधानको पालना कसले गर्ने ?’

एक वर्ष अगाडि पनि नेकपाले चिनियाँ कम्युनिस्ट पार्टीका प्रभावशाली नेताहरूलाई काठमाडौंमा आयात गरेर आफ्ना नेताहरूलाई प्रशिक्षण दिएको थियो ।

Published : Friday, 2020 June 19, 5:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया