कोरोनाका नाममा बामगती प्रदेशमा पनि घोटाला, कांग्रेसले माग्यो हिसाबको विवरण
हेटौँडा । नेपाली कांग्रेसले कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण एवं उपचारका लागि खर्च भएको विवरण बागमती प्रदेशको कम्युनिस्ट सरकारसँग हिसाब किताब मागेको छ ।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले मुख्यमन्त्री डोरमणि पौडेललाई ज्ञापन पत्र बुझाएर हिसाब किताब माग गरेक हुन् । कोरोनाको नाममा बागमती प्रदेशमा पनि घोटाला भएको आशंका कांग्रेसले गरेको छ ।
कम्युनिस्ट मुख्यमन्त्री पौडेलसँग कांग्रेसले ५० करोड रुपियाँको विवरण सार्वजनिक गर्न माग गरेको हो ।
कांग्रेसले कोषको रकम कहाँ कति रुपियाँ खर्च भयो भन्ने विषय यथाशीघ्र विवरण सार्वजनिक गर्न माग गरेको कांग्रेस नेता बानियाँले जानकारी दिए ।
बानियाँले मुख्यमन्त्री पौडेललाई कोरोना संक्रमणको रोकथाम तथा उपचारका विषयमा गम्भीर हुनसमेत आग्रह गरेका छन् ।
उनले संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा सरकारले गम्भिरता नदेखाउँदा संक्रमणको जोखिम बढेको आरोप लगाए ।
मुख्यमन्त्रीलाई बुझाइएको १४ बुँदे ज्ञापनपत्रमा कोभिड– १९ को नियन्त्रण र नागरिकको स्वास्थ्य सुरक्षाको लागि आवश्यक पर्ने सबै सामग्रीको तत्काल आपूर्ति गर्न तथा पीसीआर परीक्षणको दायरा विस्तारसँगै आवश्यक किट, उपकरण, जनशक्तिको व्यवस्था गर्न माग गरिएको कांग्रेस संसदीय समितिका सचिव नीमा लामाले बताएका छन् ।
मापदण्ड अनुसार क्वारेन्टाइनको उचित व्यवस्थापन र संचालन गरी शुद्ध पिउने पानी, खाना, सुरक्षित दूरीसहित बस्ने व्यवस्था, शौचालय, उमेर र स्वास्थ्य अवस्थाको अभिलेख तथा नियमित स्वास्थ्य निगरानी, आवश्यक औषधि, एम्बुलेन्स, परिक्षण तथा नियमित परामर्शको व्यवस्था गर्न पनि प्रदेश सरकार र संघीय सरकारलाई आग्रह गरिएको छ ।
सरकारले राजनीतिक आस्था र आग्रहका आधारमा स्थानीय तहलाई हेरिरहेको भन्दै त्यस्तो कार्य बन्द गर्न पनि ध्यानकर्षण गराइएको छ ।
कोरोना संक्रमणको उपचारका लागि डेडिकेटेड अस्पताललाई आवश्यक उपकरण, सामग्री, औषधि, स्वास्थ्यकर्मीको सुरक्षा सामग्री, आइसोलेसन बेड र जनशक्तिको अविलम्ब व्यवस्था गर्न सरकारलाई आग्रह गरिएको छ ।
कोरोना नियन्त्रणको नाममा भ्रष्टाचार मौलाएको भन्दै प्रदेशको प्रमुख प्रतिपक्षी दल कांग्रेस संसदीय दलले चिन्ता व्यक्त गरेको सचिव लामाले बताए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया