बाँकेमा कोरोनाबाट एक महिलाको मृत्यु
नेपालगञ्ज । बाँकेमा कोरोना भाइरसएक व्यक्तिको मृत्यु भएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले बैजनाथ गाउँपालिका वडा नम्बर ६ की ४६ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको जानकारी दिएका छन् ।
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको आइसीयुमा उपचारको क्रममा सोमबार साँझ साढे ६ बजेतिर निधन भएको थियो ।
ती महिलाको मंगलबार ८ बजेतिर कोरोना रिपोर्ट पोजेटिभ आएको श्रेष्ठले बताएका छन् ।
बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ५ का २५ वर्षका युवाको जेठ ४ गते कोरोनाबाट मृत्यु भएको थियो । बाँकेमा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ ।
बाँकेमा महिलाको मृत्युसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।
Published : Wednesday, 2020 June 17, 6:24 am
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया