‘सिंघम’ डीएसपी ढुंगेललाई अदालतले न्याय दियो

काठमाडौं । ‘सिंघम’ प्रहरी अधिकृतका रुपमा चिनिएका नेपाल प्रहरीका नायब उपरीक्षक (डीएसपी) कुमाेध ढुंगेललाई साधारण तारेखमा छुटेका छन् ।

लुटेरासँगको सम्बन्ध रहेको अभियोगमा पक्राउ परेका डीएसपी ढुंगेललाई साधारण तारेखमा छाड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको हो ।

२०७५ चैत २६ गते लालेन्द्र शेरचनको काठमाडौंस्थित घर लुट्ने लुटेरासँग सम्बन्ध रहेको अभियोगमा डीएसपी ढुंगेल पक्राउ परेका थिए ।

ढुंगेललाई अनुसन्धानका लागि महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको थियो ।

लुटपाटमा संलग्न विकास श्रेष्ठसँग फोन सम्पर्क भएको देखिएपछि ढुंगेललाई निलम्बन गरिएको थियो । उनै श्रेष्ठको बयानले ढुंगेल पक्राउ परेका थिए ।

अदालतको यो आदेशसँगै डीएसपी ढुंगेल नियमित काममा फर्किन पाउनेछन् । साधारण तारेखसँगै डीएसपी ढुंगेलको निलम्बन पनि फुकुवा भएको छ ।

प्रहरीभित्र डीएसपी ढुंगेललाई अपराधी इन्काउन्टर स्पेसालिस्टका रुपमा चिनिने गरिन्छ ।

Published : Tuesday, 2020 June 16, 6:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया