रेणु दाहालको महानगरभित्र आँखा नदेख्ने वृद्ध महिलाको घर खनियो
भरतपुर । जनताको काम गर्न नसकेर कार्यसम्पादनमा कमजोर भनेर आरोप लाग्दै आएकी भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल अर्को विवादमा आएकी छिन् ।
भरतपुर महानगरपालिकाकाको वडा नम्बर २१ मा ९५ वर्षीया आँखा नदेख्ने वृद्धा महिलाको घरभित्रबाट खानेपानीको पाइप लैजाने खाल्डो खनेपछि मेयर दाहाल विवादमा परेका हुन् ।
केही दिन अगाडि वडा नम्बर १८ का वडाध्यक्ष दीपक लामाको नेतृत्वमा बालिका बलात्कार प्रयास जस्तो गम्भीर फौंजदारी मुद्धालाई दबाइएको थियो ।
सो घटना सेलाउन नपाउदै वडा नम्बर २१ मा वृद्ध महिलाको घर खनेर खानेपानीको पाइप राख्न खोजेपछि आलोचना भएको छ ।
खानेपानी समितिको संयोजक समेत रहेका वडाध्यक्ष चित्रसेन अधिकारी पार्वतीपुरमा खानेपानीको पाइप बिछ्याउन दृष्टीबिहीन वृद्ध महिलाको घरभित्र कोठामा खन्न लगाएका थिए ।
ती वृद्ध महिला आफ्ना ५२ वर्षीय छोरा पदमराज अधिकारीसँग घरमा बस्दै आएकी छिन् । पाइप बिछ्याउन खानिएको पाइपको खाल्डाले गर्दा घर नै भत्किने अवस्थामा पुगेको छ ।
खानेपानीको पाइपलाइन विस्तारको क्रममा वृद्धाको घरलाई छलेर खन्नुपर्ने अवस्था रहँदारहँदै समितिले पेलेर घर भत्काएको स्थानीय तथा अधिवक्ता नारायण गिरीले बताएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया