कांग्रेस नेता एवम् पूर्वमन्त्री थकालीद्वारा मुस्ताङकाे थासाङमा निःशुल्क औषधि वितरण
मुस्ताङ । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री रोमी गौचन थकालीले मुस्ताङ जिल्लाकाे थासाङ गाउँपालिकाका पाँच वटा वडाका दीर्घ बिरामीहरूलाई निःशुल्क औषधि वितरण गरेका छन् ।
कांग्रेस नेता थकालीले थासाङ गाउँपालिकाका १, २, ३, ४ र ५ वडाहरूका बिरामीलाई आफ्नै व्यक्तिगत खर्चमा औषधि उपलब्ध गराएको नेपाल तरुण दल मुस्ताङका कोषाध्यक्ष नवीन शेरचनले जानकारी दिए । कांग्रेस नेता थकालीले काठमाडौंबाट पठाइदिएको औषधिहरू आइतबार र सोमबर दुई दिनमा वितरण गरिएको छ ।
लकडाउनका कारण नियमित औषधि खाने बिरामीहरूलाई समस्या भएपछि थासाङ गाउँपालिकाको समन्वयनमा ती बिरामीहरूले खाने औषधिको विवरण संकलन गरी पूर्वमन्त्री थकालीले काठमाडौंबाट औषधि खरिद गरेर पठाइदिएको तरुण दलका कोषाध्यक्ष शेरचनले बताए ।
कांग्रेस नेता थकालीले एक लाख पचास हजार बराबरको औषधि पठाएको शेरचनले बताएका छन् ।
प्रेसर, सुगर, थाइराइड, दम लगायतका बिरामीलाई ती औषधिहरू आइतबार र सोमबार गरी दुई दिनमा विरतण गरिएको छ । बिरामीहरूलाई अबस्था हेरेर दुई महिना पुग्ने गरेर औषधि उपलब्ध गराइएको छ ।
लकडाउनका बेला कांग्रेस नेता एवम् पूर्वमन्त्री थकालीले मुस्ताङमा कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि आवस्यक पर्ने स्वास्थ्य सामग्रीहरू पनि पठाएका थिए ।
गृहजिल्ला मुस्ताङको सुःख, दुःखमा आफै भौतिक रुपमा उपस्थित भएर साथ दिदै आएका कांग्रेस नेता थकालीले मुस्ताङका जनतालाई आफूले सक्दो सहयोग र साथ दिने बताएका छन् ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया