सबै सांसद एक भएपछि भारतले चक्मा खायो, दिल्ली निकट सरिता गिरीलाई तनाब
काठमाडौं । प्रतिनिधि सभाबाट नेपालको नयाँ नक्सासहितको निशान छाप परिवर्तनसम्बन्धि संविधान संशोधन विधेयक सर्वसम्मत पारित गरेको छ ।
शनिबार बसेको संसदको बैठकले संविधान संशोधनको विधेयक पारित गरेको हो । संसदमा रहेका सबै दलहरूले एकमतले विधेयक पारित गरेका छन् ।
संसदमा संविधान संशोधनको पक्षमा २५८ मत परेको छ । प्रतिनिधि सभामा २७५ सांसद छन् । विपक्षमा कुनै पनि मत परेको छैन । बैठकमा १७ जना सांसदहरू अनुपस्थित रहेका थिए ।
संविधान संशोधनका लागि तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तीमा दुई तिहाइ बहुमत आवश्यक पर्दछ । प्रस्तावको विपक्ष र मत दिन्न भन्ने पक्षमा शून्य मत भएको छ ।
जनता समाजवादी पार्टीका सांसद सरिता गिरी भने बैठक शुरु भएलगत्तै बहिष्कार गरेर बाहिरिएकी थिइन् ।
संविधानको अनुसूची ३ मा रहेको नेपालको निशान छापभित्रको नक्सालाई वास्तविक सीमाअनुसार मिलाउन सरकारले संविधान संशोधन विधेयक दर्ता गरेको थियो ।
भारतद्वारा अतिक्रमित नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको नयाँ नक्सामा राखिएको छ । सो नक्सालाई निशान छापमा पनि समावेश गरिएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया