संविधान संशोधन छलफलमा कांग्रेसबाट क–कसले धारणा राखे ?
काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेता एवम् सभापति शेरबहादुर देउवासहित एक दर्जन बढि सांसदहरूले धारणा राखेका छन् ।
आइतबार बसेको संसदको बैठकमा नयाँ नक्सामा लिम्पियाधुरा, कालापानी र लिपुलेक समावेश गरेर राख्नेबारेको संविधान संशोधनको प्रस्तावमा छलफलमा भाग लिनेमा सभापति देउवा, महामन्त्री समेत रहेका सांसद डा.शशांक कोइरालासहितका रहेका छन् ।
सांसदहरू प्रकाशमान सिंह, डा.डा.मीनेन्द्र रिजाल, उमा रेग्मी, डा.अमरेशकुमार सिंह, ज्ञानेन्द्रबहादुर कार्की, देबेन्द्रराज कँडेल, दिलेन्द्रप्रसाद बडू र रामबहादुर विष्टले कांग्रेसको तर्फबाट संविधान संशोधनमा धारणा राखेका थिए ।
धारणा राख्ने क्रममा कांग्रेसका सांसदहरूले भारतसँग कुटनैतिक वार्तामार्फत भारतद्वारा अतिक्रमित भूमि फिर्ता ल्याउन सुझाव दिएका छन् । उनीहरूले नक्सा मात्रैभन्दा पनि अतिक्रमित भूमि फिर्ता ल्याउन अबदेखि शुरुवात गर्नुपर्ने बताएका छन् ।
संसदको बैठक चलिरहँदा कांग्रेस सांसद पार्वती डिसी चौधरीले संविधान संशोधनको विधेयकमाथि सबै सांसदहरूले बोल्न पाउनुपर्ने मागसहित बीचमा उठेर बोलेकी थिइन् ।
तर, सभामुख अग्निप्रसाद सापकोटाले दलीय आधारमा बोल्ने समय छुट्याइएकाले सबैलाई बोल्ने समय नदिएको जानकारी गराएका थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया