देश बेचुवा राष्ट्रघातीहरूलाई टुडीखेलमा झुण्ड्याऔँः राजेन्द्र महतो

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का सांसद राजेन्द्र महतोले महाकाली सन्धि गर्ने राष्ट्रघातीहरूको पहिचान गरेर टुडीखेलमा लगेर झुण्ड्याउन माग गरेका छन् ।

शनिबार बसेको संसदको बैठकमा संविधान संशोधनको प्रस्तावको छलफलमा सहभागी हुँदै सांसद महताले महाकाली सन्धि गर्ने बेला महाकाली नदीको मुहान छाडेर त्यस बेलाका प्रधानमन्त्री र प्रमुख विपक्षी दलका नेताले संसदबाट सन्धि पारित गरेको बताए ।

उनले महाकाली सन्धि गर्ने तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता खड्गप्रसाद ओलीको नाम नलिएर कुर्सी बचाउन महाकाली नदीको मुहान छाडेको आरोप लगाए ।

‘यो देशमा फेरि राष्ट्रघात हुने हो कि ? जनताले यो कुरा जान्न चाहन्छ । यो राष्ट्रघाती को–को हो यो देशमा ? पहिचान गर्नुपर्‍यो’, उनले भने, ‘देश बेचुवाहरू को–को हो ? देश बेचुवाको खोजी हुनु पर्ने हो ।’

‘नेपाली जनताले त्यो पनि खोजी रहेको छ । त्यो जमीन त हाम्रै थियो नि’, उनले भने, ‘कालापानी, लिपुलेक, लिम्पियाधुरासहितको नक्सा नेपालको नक्सा त थियो, ०५८ वर्ष पहिले’, महतोले भने, ‘कुन देश बेचुवाले देश बेच्यो ? स्वयत पत्र खोइ जारी गरेको ? स्वयत पत्र जारी गर्नुपर्दैन ?’

‘टुडीखेलमा राष्ट्रघातीलाई झुण्ड्याउनु पर्दैन ? ढाकछोप गर्ने ? महाकाली सन्धी हुँदाखेरी, २५ वर्ष पहिले यही संसदबाट माहकाली सन्धि पारित गराइएको थियो’, उनले भने, ‘त्यो महाकाली सन्धि कसरी भयो ? त्यसैमा थियो नि महाकाली सन्धिमा कालापानी, लिपुलेक र लिम्पियाधुराको महाकालीको स्रोत ।’

‘त्यो नदीको मुहान कता ? त्यो क्लियर भएको भए हाम्रो जमीन मिचिन्थ्यो र ? किन भएन ? यही संसदबाट पारित गराइएको थियो’, सांसद महतोले भने, ‘कसले पारित गरायो ? कसले सम्झौता ग¥यो ? मैले सनेको छु । त्यति बेला म सांसद थिइन ! पार्टी पनि फोडेर पारित गराइयो । भो अब ? अरे, कस्तो राष्ट्रवादी काम गरेको हो ?’

उनले भनेका छन्, ‘महाकालीलाई संसदबाट पारित गराउँदा महाकालीको मुहान पत्तो नलागाउने ? त्यसलाई संसदबाट पारित गराउने । राष्ट्रघातीको पहिचान हुनुपर्छ । यो खोखला राष्ट्रवादी कुरा होइन ।’

‘यो राष्ट्रघातीलाई पर्दाफास गर्नुपर्छ नेपाली जनताको बीचमा, को–को राष्ट्रवादी हो ? यो देशमा राष्ट्रघाती ? मधेसीलाई राष्ट्रघाती भन्ने ? मधेसीलाई राष्ट्रवादी नभन्ने ? मधेसी जनतालाई त्यसरी औँला ठड्याउने काम कसैले नगरोस्’, उनले भनेका छन् ।

‘कति चोटी अग्नि परीक्षा दिने हो ? कति चोटी प्रमाण दिने हो हामी ? राष्ट्रघातीको पहिचान गरेर टुडीखेलमा झुण्ड्याउनु पर्‍यो’, सांसद महतोले भनेका छन् ।

‘प्रधानमन्त्रीलाई मेरो आग्रह । यो कागजमा कोरोर त्यो जमीन नेपाली जनताले पाउँदैन । त्यो जमीन चाहियो के । त्यो जग्गा चाहियो नेपाली जनतालाई भूमि चाहियो’, उनले भने, ‘लोडसेडिङमा बत्ती आए–गए जस्तो नक्सामा राखिदिने, उडाइदिने ।’

‘कुर्सी बचाउनलाई राखेको हो कि त्यो पनि मान्छेले भन्छ । के हो के हो ? त्यो जमीन फिर्ता ल्याइदिनु पर्‍यो प्रधानमन्त्रीजी’, महतोले भनेका छन्, ‘सरकारले वार्ता गरे । नेपाल–भारतको सम्बन्धी सिंहदरबारले बनाएको होइन ।’

‘यो देशको प्रधानमन्त्री केपी ओली र नरेन्द्र मोदीले बनाएको सम्बन्ध होइन । दुई देशको जनताको बीच बनेको सम्बन्ध, हजारौँ वर्षदेखि बनेको सम्बन्धको कडी हो’, महतोले भने, ‘नेपाल–भारतका जनताले नेपाल सरकारलाई थाहा नभए पनि दाल, चालम ल्याउँदो रहेछ । त्यो सम्बन्ध हो । विशेष सम्बन्ध हो । वार्ता राम्रोसँग गर्नुस् ।’

उनले भने, ‘भूमि फिर्ता ल्याउनुस् । वार्ताको माहोल बनाउनुस् । वातावरण बनाउनुस् । संसदमा उल्टापुल्टा कुरा गरेर सम्बन्ध बिगारे झै भयो भने आफ्ठ्यारो भइहाल्छ ।’

‘आजबाट राष्ट्रिय एकताको परिभाषा, राष्ट्रवाद र राष्ट्रघातको परिभाषा ठीकसँग ब्याख्या गरिनुपर्छ, बुझिनुपर्छ । सम्वेदनशील घडीमा एकता देखाउने हो’, उनले भने, ‘नेपाली जनताले राष्ट्रिय एकता नदेखाइदिए आफ्नो भूमिका लागि कसले देखाइदिने हो ? नेपाली जनताले नै देखाउने हो । नेपाली जनताको प्रतिनिधि मुलक संस्था यो संसदले देखाउने हो ।’

‘यहाँ संविधान संशोधनको कुरालाई लिएर धेरै कुरा आएको छ । नक्सालाई लिएर संविधानको अनुसूचिमा संशोधन गर्ने प्रस्ताव आएको छ’, उनले भनेका छन् ।

‘कालापानी, लिपुलेक, लिम्पियाधुरासहितको भूमि नेपालको हो भनेर चुच्चो हुने गरी नक्सा संसदबाट पारित गराउन प्रस्ताव आएको छ’, उनले भनिन्, ‘संविधानका बारेमा हाम्रो रिजर्भेशन रहेको छ । यो संविधानले पूर्णता पाएन । यो संविधान सबैको हुन सकेन ।’

‘यो संविधान हिमाल, तराई, पहाड, मधेसका सबै जनताको हुन सकेन । सबैले यो संविधान हाम्रो पनि बनाइदिनु प¥यो भन्दै आएका छन्’, उनले भने, ‘भूमि मात्रै होइन, जनता पनि राष्ट्रियता हो । भूमि र जनता मिलाएपछि राष्ट्रियता हुन्छ । संविधान संशोधनमा जनताको मागलाई पनि ल्याइदिनुस् भनेर प्रधानमन्त्रीसँग आग्रह र विन्ती गरेको हो । आएन । बाध्यताले प्राइभेट विल ल्यायौँ । पछि आउला ।’

‘संविधानप्रति हाम्रो असन्तुष्टि छ । देशको सवाल उठेको छ, राष्ट्रियताको सवाल उठेको छ, हाम्रो भूमिको सवाल उठेको छ, यो अवस्थामा सबै असन्तुष्टिहरूलाई थाँती राखी जनता समाजवादी पार्टी पार्टीले नक्सासम्बन्धी प्रस्तावलाई सहर्स समर्थन गर्दछ’, उनले भने, ‘सर्वसम्मत रुपले समर्थन गरेका छौँ । आफ्नो देशप्रति भावना छ । जति असन्तुष्टि भए पनि जब देशको सवाल आउँछ, हामी एकजुट भएर उभिन्छौँ ।’

‘हाम्रो अनुहार हेर्नेवित्तिकै यो त राष्ट्रघाती होला, यो त मधेसी, यो त विदेशी नै हो । यो त भारतीय नै हो भनेर कुण्ठाबाट भरिएका नस्लीय चिन्तन बोकेकाहरू आजदेखि त्यो हटाइदिउँ’, राजपाका सांसद महतोले भनेका छन्, ‘नेपाली सीमाको रक्षा प्रत्येक मधेसी भएर सीमाको रक्षा गरेको छ । नेपालको सेना त्यहाँ बस्नु पर्दैन । मधेसी जनता त्यो सीमाको रक्षा गरेको छ । इमान्दारीको साथ गरेको छ ।’

‘तपाईले विभेद गरे पनि, तपाईले अन्या गरेपनि, विभिन्न प्रकारले पीडा पु¥याएपनि आफ्नो सीमाको रक्षाको लागि लडेको छ, मरेको छ’, उनले भने ।

‘एउटा समुदाय, जातीको राष्ट्रियता हुनै सक्दैन । त्यस्तो राष्ट्रियता पंगु राष्ट्रियता हो । त्यो राष्ट्रियता काम लाग्दैन’, सांसद महतोले भनेका छन् ।

Published : Saturday, 2020 June 13, 4:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया