संविधान संशोधनको पक्षमा मदतान गर्ने कांग्रेसको निर्णय, सांसदहरूलाई ह्वीप जारी
काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संविधान संशोधनको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
काठमाडौंमा शनिबार बसेको संसदीय दलको बैठकले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । कांग्रेसले आफ्ना सबै सांसदहरूलाई संशोधनको पक्षमा मतदान गर्न ह्वीप समेत लगाएको प्रमुख सचेतक बालकृष्ण खाँणले बताएका छन् ।
‘नेपालको संविधानको धारा ९ को उपधारा (२)सँग सम्बन्धित अनुसूची–३ मा रहेको नेपालको निशान छाप परिवर्तनका लागि नेपाल सरकारले प्रस्तुत गरेको ‘नेपालको संविधान संशोधन (दोस्रो संशोधन) विधेयक, २)७७’ माथि २०७७ साल जेठ ३१ गते बस्ने प्रतिनिधि सभा बैठकमा मतदान हुने हुँदा उक्त बैठकमा नेपाली कांग्रेसका सांसदहरूलाई अनिवार्य उपस्थित भई उक्त विधेयकको पक्षमा अनिर्वाय मतदान गर्नका लागि संसदीय दलको बैठकले निर्देशन गरेको छ’, प्रमुख सचेतक खाँणद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया