कम्युनिस्ट सरकारविरुद्ध कांग्रेसको आन्दोलनमा सहभागी हुन तरुणहरूलाई निर्देशन

काठमाडौं । नेपाल तरुण दलले कम्युनिस्ट सरकारविरुद्धको कांग्रेसद्वारा घोषणा गरिएको आन्दोलनमा सक्रिय सहभागिता जनाउन देशभरिका तरुणहरूलाई निर्देशन दिएको छ ।

तरुण दलका अध्यक्ष जितजंग बस्नेतले शुक्रबार परिपत्र गरी कम्युनिस्ट सरकारविरुद्ध असार २ गते देशभरि ज्ञापन पत्र बुझाउने कार्यक्रममा सहभागी हुन निर्देशन दिएका हुन् । उनले पार्टीको कार्यक्रममा जोडदार रुपमा सहभागिता जनाउन भनेका हुन् ।

‘नेपाली कांग्रेस पार्टीको तर्फबाट पार्टीका सबै जिल्ला समितिहरूले जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकारलाई मिति २०७७ असाज २ गते ज्ञापन पत्र बुझाउने कार्यक्रममा रहेकोले उक्त कार्यक्रमलाई सफल पार्न नेपाल तरुण दलको त्यस जिल्ला समितिले सामाजिक दुरी कायम गरी महत्वपूर्ण भूमिका पूरा गर्न र गराउन यो परिपत्र गरिएको छ’, अध्यक्ष बस्नेतद्वारा जारी परिपत्रमा उल्लेख छ ।

कम्युनिस्ट सरकारले कोरोना नियन्त्रणमा दश खर्ब खर्च गरेको बाहिर आएपछि देशभरि बिरोध भइरहेको छ ।

कोरोना नियन्त्रणमा काम गर्न नसकिरहेको कम्युनिस्ट सरकारले जनतालाई घरभित्र थुनेर कर तिर्न भनेपछि झन् विरोध भएको थियो ।

Published : Friday, 2020 June 12, 12:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया