कांग्रेस संसदीय दलको बैठक अनिश्चितका लागि अचानक स्थगित

काठमडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक अचानक स्थगित भएको छ ।

कांग्रेसले मुलुकको पछिल्लो अवस्थाका बारेमा छलफल गर्न संसदीय दलको बैठक शुक्रबार २ बजेका लागि बोलाइएको थियो ।

संसदीय दलको बैठक विशेष कारणले गर्दा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ ।

Published : Thursday, 2020 June 11, 7:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया