यी हुन् ओलीसँग स्पष्टीकरण माग्ने कांग्रेसका सांसदहरू
काठमाडौं । नेपाली कांग्रेसका डेढ दर्जन सांसदहरूले कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई प्रश्न गर्दै र्याखर्याख बनाएका छन् ।
प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा ओलीले सम्बोधन गरिसकेपछि सांसदहरूले स्पष्टीकरण लिएका थिए । कांग्रेसका सांसदहरूले आरडीटी परीक्षण किन नरोकिएको भन्दै दोहोरो खर्च गरेकोमा असन्तुष्टि जनाए ।
उनीहरूले सरकार स्वास्थ्य सामग्री खरिद र कोभिड–१९ का नाममा भ्रष्टाचारमा डुबेको आरोप लगाए । उनीहरूले भारतबाट आएका नेपाली नागरिकहरूका कारण कोरोना भाइरस फैलिएको भनेर दिएको ओलीले दिएको अभिव्यक्तिको विरोध गरे ।
सेनालाई व्यापारिक क्षेत्रमा लगाएको भन्दै सांसदहरूले स्वास्थ्य सामग्री खरिदमा ठूलो भ्रष्टाचार गरेको भन्दै आक्रोश पोखे । जवाफमा ओलीले सेनालाई अहिले व्यापार गर्न नदिएको भन्दै आफ्ना लागि स्वास्थ्य सामग्री खरिद गरेको बताए ।
ओलीले सरकारलाई विशाल ग्रुपसँग जोडेर प्रश्न राखेकोमा आक्रोश पोखे । उनले सांसदहरूलाई मुख छाडेर नबोल्न सचेत गराएका छन् । ओलीले सरकारलाई कहिले ओम्नी, कहिले विशाल ग्रुपसँग जोडेको भन्दै तथ्य र प्रमाणविना नबोल्न आग्रह गरे ।
कांग्रेसका सांसद प्रकाशमान सिंह, प्रमुख सचेतक बालकृष्ण खाँण, डा.मीनेन्द्र रिजाल, दिलेन्द्र बडू, गगन थापा, डा.अमरेशकुमार सिंह, रंगमती शाही, उमा रेग्मी, पार्वता डिसी चौधरी, सञ्जयकुमार गौतम, देवप्रसाद तिमल्सिना, महेन्द्रकुमारी लिम्बु, उमाकान्त चौधरी, राजेन्द्रकुमार केसी र लक्ष्मी परियारले ओलीलाई प्रश्न सोधेका थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया