खड्गप्रसाद ओलीको विद्यावारिधी नै नक्कली भएको कांग्रेस सांसद डा.सिंहको गोप्य खुलासा
काठमाडौं । नेपाली कांग्रेसका सांसद डा.अमरेशकुमार सिंहले प्रधानमन्त्री खड्गप्रसाद ओलीको विद्यावारिधी नक्कली भए जस्तै बजेट पनि नक्कली रहेको बताएका छन् ।
संसदको आइतबार बसेको बैठकमा बोल्दै डा.सिंहले ओलीलाई जमीनमा झरेर जनताको पक्षमा निर्णय गर्न सुझाव दिएका छन् । उनले राष्ट्रपतिलाई शिक्षाका नाममा कार्यक्रम राखेको भन्दै विरोध गरे ।
‘बहुसंख्यक विद्यावारिधीधारी प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको सरकारले बनाएको बजेटका बारेमा म एउटा जाबो सिंगल पीएचडीधारी सांसद बोल्ने जमर्को गर्न अलिकति डर पनि लागिरहेको छ’, उनले भने, ‘यो सरकारमाथि प्रश्न उठाउँकि ? नउठाउँ ? हाम्रा प्रधानमन्त्री जुन देश जानु हुन्छ एउटा पीएचडीको डिग्री लिइहाल्नु हुन्छ ।’
‘उहाँ क्रोएसिया जानुभयो एउटा पीएचडीको डिग्री लिनुभयो । इण्डिया जानुभयो पन्ध्रनगर, नाचघरमा पनि ठाकुरमोहन श्रेष्ठले पीएचडीको डिग्री थमाइदिएका थिए’, कांग्रेसका सांसद डा.सिंहले भने, ‘ठ्याक्कै जस्ता डिग्री छन् त्यस्तै बजेट छन् । डिग्री पनि नक्कली, बजेट पनि नक्कली ।’
‘मैले भनेको होइन सत्ता पक्षको दुई जना सांसद मुगु र जुम्लाको सांसदको विलौना देखेपछि मेरो बोल्ने ठाउँ छैन यो बजेटमा । यो अर्थमन्त्रीको चमत्कार डिग्री छ’, उनले भने, ‘चकलेटमा भन्सार छुट, विद्युतको गाडीमा भन्सा बढि लगाउनुपर्ने । गजबको कुरा हो । सबैलाई थाहा छ कि वातावरणको मूल्य हामी पैसामा तुलना गर्न सकिदैन ।’
‘विद्युतको गाडीबाट वातावरण सुधार हुन्छ । पेट्रोलियमको हाम्रो सबैभन्दा बढि ईम्पोर्टको कस्ट छ डलर सबैभन्दा बढि हामी खर्च गर्छौं’, उनले भने, ‘पेट्रोलियम पदार्थमा एक खर्ब ७० अर्ब डलर खर्च गर्छौं । एक खर्ब ७० अर्ब बराबर डलर दिएर पेट्रोलियम पदार्थ ल्याउने गरेका छौँ । त्यसमा कमी आउने थियो । विद्युतीय गाडीले गर्दा पूरै ईको सिस्टमलाई प्रभाव पर्ने थियो । हामीले सिङ्गो ईको सिस्टम बनाउने पर्ने थियो । किन भने हामी जलस्रोतको धनी भन्छौँ ?’
‘बच्चादेखि पढाउने एउटा । मेरो प्रश्न के छ भने ? यस्ता कारणले मन्त्रीजीहरूको त आफ्नै बिलौना छ । शिक्षा मन्त्रीजीको विज्ञप्ति देखेपछि मलाई लाग्यो कि ठीक गर्यो’, उनले भने, ‘हाम्रो पार्टीको सरकारले सबै सरकारी संस्थानलाई प्राइभेट गरेको थियो भन्ने मलाई लागेको थियो । कांग्रेसको सरकारले कृषि कारखाना, वीरगञ्ज चिनी कारखानाको वाहावाही भयो भने जस्तै अहिले शिक्षामा सरकारी विद्यालयलाई निजी विद्यालयको जिम्मा दिएपछि त्यो कस्तो वाहावाही हुन्छ ? एउटा पनि सरकारी विद्यालय रहँदै रहँदैन । खाली त्यहाँ भवन रहन्छन् ।’
‘त्यो भवन र जग्गा पनि निजी विद्यालयले कब्जा गरिहाल्छ । त्यसको नाममा लालपुर्जा दर्ता हुन्छ । जसरी बालुवाटारको जग्गा दर्ता भयो त्यसै गरी दर्ता हुन्छ’, उनले भने, ‘प्रधानमन्त्रीको इन्टेन्सन त्यही हो कि ? बालुवाटारको जग्गा जस्तै दर्ता गराएर उहाँले पछि कसैले चर्चा गर्दा फिर्ता गर तिमीलाई केही कारबाही हुँदैन ।’
‘केही निजी विद्यालयहरू पहिल पञ्चायतकालमा बहुदलमा श्री ५ बडामहाराजधिराज धेरै शासन सत्तामा इन्टरफेयर गरेका कारणले गणतन्त्र आएको हो । गणतन्त्रको राष्ट्रपतिलाई महारानी नबनाऔँ । जनताको कुरा विचार गरौँ’, डा.सिंहले भने, ‘०६२–६३ को जनआन्दोलनमा हामी सबै सँगै थियौँ । यहाँ रहेका मन्त्रीहरू कुनै वार्तामा हुनुहुन्थ्यो । कसैले राति ल्यापटप चलाउनु हुन्थ्यो । उहाँहरूले बिर्सनु भयो जनता के चाहेका थिए भन्ने कुरा ।’
‘जनताले यस्तै बजेट चाहेका थिए ? यस्तै समानता चाहेका थिए ? मन्त्री भएपछि आफ्नो क्षेत्रमा ५० वटा आयोजना । जो मन्त्री छैन र विपक्षी छ भने उसलाई पेल्ने । बोल्यो कि पेलिहाल्ने । ठीक छ । राजनीतिक एजेण्डामा हामीलाई पेल्न पाइँदैन’, उनले भने ।
‘विकासमा तपाइँले पेल्नु हुन्छ, किन भने बजेट तपाइँको हातमा छ । कर्मचारी तपाइँको हातमा छ । तर, तपाइँ यो सिस्टम गुमाउँदै हुनुहुन्छ । हाम्रो त उमेर पनि बाँकी छ फेरि पनि लडौँला । संसदमा आउँला’, उनले भने, ‘तपाइँहरूको त उमेर जान लागेको छ । यहाँ बसेका मन्त्री अधिकांश ६० माथिको हो । तपाईको पालामा फेरि लोकतन्त्र आउँदैन । तपाईहरूको अनुहार, कामकारबाही, खासगरी तपाईहरूले प्रधानमन्त्रीलाई भन्न आँट गर्नुपर्छ प्रधानमन्त्रीजी तपाईको कारण लोकतन्त्र समाप्त हुन खोजिरहेको छ । संघीयता समाप्त हुन खोजिरहेको छ ।’
‘यो असमानताको बजेट र आकाशे महल महल खडा गर्न खोज्नुभएको छ त्यसले गणतन्त्र समाप्त गर्न खोजिरहेको छ । राष्ट्रपतिलाई महारानी नबनाऔँ’, उनले भने, ‘उहाँको नाममा रहेको शिक्षाको कार्यक्रम रद्ध गरौँ । प्रधानमन्त्रीलाई जमिनमा आएर निर्णय गर्न सिकाऔँ ।’
‘अर्थमन्त्रीलाई बदलौँ । जनताबाट जितेको उहाँकै पार्टीको बनाऔँ । हामीले खोजेको होइन । नेकपामा चुनिएर आएका राम्रा मान्छे छन् । अर्थमन्त्री चलाउन सक्छन् । बदलौँ’, उनले भने, ‘नत्र अर्को पटक फरफ्युममा भन्सार छुट हुन्छ । औषधिमा यति भन्सार लगाइदिन्छ । सिटामोल नपाएर मान्छे मर्छ । अर्थमन्त्रीका कारण सिटामोलले मर्ने अवस्था आउनु हुँदैन ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया