कम्युनिस्ट सरकारका स्वास्थ्यमन्त्री ढकालले डा.देवकोटालाई प्रवक्ताबाट हटाए

काठमाडौं । कम्युनिस्ट सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले मन्त्रालयको प्रवक्ताबाट डा.विकास देवकोटालाई हटाएका छन् ।

स्वास्थ्य मन्त्री भानुभक्त ढकालले डा.देवकोटालाई हटाएर प्रवक्ताको जिम्मेवारी डा.जागेश्वर गौतमलाई दिएका हुन् ।

डा.देवकोटालाई मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाको जिम्मेवारी दिइएको स्रोतले जनाएको छ ।

डा.गौतमलाई परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालबाट मन्त्रालय सरुवा गरिएको थियो ।

मन्त्री ढकालले डा.गौतमलाई मन्त्रालयको समन्वय महाशाखासहित प्रवक्ताको जिम्मेवारी दिएका छन् ।

मन्त्री ढकालले यसअघि प्रमुख विशेषज्ञ डा दीपेन्द्ररमण सिंहलाई स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारी दिएका छन् ।

महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठलाई कोभिड—१९ क्राइसीसी म्यानेजमेण्ट सेन्टर (सीसीएमसी)को जिम्मेवारी दिइएको छ ।

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका प्रमुख भोगेन्द्र डोटेलको स्थानमा डा.रमेश खरेलको सरुवा गरिएको छ । डोटेललाई मन्त्रालयमा ल्याइएको छ ।

मन्त्री ढकालले डा.संगीता मिश्रलाई परोपकार प्रसुति गृह थापाथलीको निर्देशकको जिम्मेवारी दिएका छन् । डा.मिश्र कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरीटेन्डेन्ट थिइन् ।

ढकालले कोशी अस्पतालको जिम्मेवारी डा.चुमनलाल दासलाई दिएका छन् ।

Published : Sunday, 2020 June 7, 4:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया