लैनचौर लुसुक्क किन छिरे गोकुल बास्कोटा ? कम्युनिस्टभित्र खैलाबैला
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद एवम् पूर्वमन्त्री गोकुल बास्कोटाले नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रासँग भेटवार्ता गरेका छन् ।
पूर्वमन्त्री बास्कोटाले आइतबार साँझ करीव सात बजेदेखि १ घण्टासम्म गोप्य भेटवार्ता गरेको उच्च स्रोतले जनाएको छ । क्वात्रालाई भेट्न नेकपाका सांसद बास्कोटा लैनचौरस्थित भारतीय राजदूतावास पुगेका थिए ।
७० करोड कमिशन प्रकरणपछि मन्त्री पद गुमाएका बास्कोटा झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीका विश्वासपात्र मानिन्छन् ।
भारतद्वारा अतिक्रमित नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको नयाँ नक्सा जारी भएपछि नेपाल–भारतबीच खटपट भएका बेला बास्कोटाले भारतीय राजदूत
क्वात्रालाई भेटेका छन् । बास्कोटाले भारतीय राजदूत क्वात्रालाई भेटेको स्वीकार पनि गरिसकेका छन् । बास्कोटाले नेपाल–भारत सीमा विवादका विषयमा कुराकानी भएको बताएका छन् ।
बास्काेटाले भारतीय राजदूतलाई भेटेपछि नेकपाभित्र खैलाबैला भएकाे छ ।
नयाँ नक्सा संविधानमा राखेर निशान छाप बनाउन संविधान संशोधनको प्रस्ताव संसदमा विचाराधीन छ । संविधान संशोधनको प्रस्ताव पारित गराउन ढिलाइ भइरहेका बेला बास्कोटाले भारतीय राजदूत क्वात्रालाई भेटेकोमा चासोका साथ हेरिएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया