कृषिमन्त्री भुसाल ज्यू यही हो तरिका ?
काठमाडौं । मन्त्री बन्नु अगाडि घनश्याम भुसालले दिएका सार्वजनिक अभिव्यक्तिले धेरै महत्व पाउने गरेका थिए । मन्त्री भएपछि भुसालको ती अभिव्यक्तिहरू आउनै छाडेका छन् ।
कृषि मन्त्रीको जिम्मेवारी सम्हालेपछि भुसालले कृषिमा आमूल परिवर्तन ल्याउने गरेर काम गर्छन् कि भन्ने धेरैको अपेक्षा थियो । तर, मन्त्री भुसालबाट ती अपेक्षाहरूको एकपछि अर्को गर्दै निर्मम तरिकाले हत्या भइरहेको चर्चा हुन थालेको छ ।
मन्त्रालयमा बसेर उनले दिनभरि के गर्छन् ? भनेर आहिले प्रश्न उठ्न थालेको छ । आफूलाई भेट्न आउने पार्टीका नेता तथा कार्यकर्ताहरूसँग उप्परखुट्टा लगाएर गफगाफभन्दा अरु केही कार्य गर्न नसकेको भनेर भुसालको आलोचना भइरहेको छ ।
आश गरिएका मन्त्रीबाटै निराशा हुने कार्यहरू हुन थालेपछि भुसालकाे आलाेचना हुन थालेकाे छ । कतिपयले काम गर्न नसक्ने हाे भने राजीनामा दिन सुझाव पनि दिन थालेका छन् ।
आर्थिक वर्ष ०७७–७८ को बजेटमा पनि कृषि मन्त्रालयबाट त्यति राम्रा कार्यक्रमहरू आउन सकेन । मन्त्री भुसालले बजेटमा कौशलता देखाउन सकेका छैनन् । धेरैको आशालाई भुसालले निराशामा बदलिदिएका छन् ।
लकडाउनका कारण देशभरिका किसानहरूले खेतबारीमा लगाएको तरकारी बाली नष्ट भइरहेको छ । विभिन्न जिल्लाहरूमा किसानहरूले तरकारी नष्ट गरिरहेका छन् । किसानहरू यसरी समस्यामा पर्दा समेत मन्त्री भुसालले हस्तक्षेपकारी नीति लिन सकेका छैनन् ।
अर्को भाषामा भन्ने हो भने मन्त्री भुसाल झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारका एकजना निरिह मन्त्री हुन पुगेका छन् ।
मन्त्री हुनभन्दा अगाडि भुसालका जसरी आदर्शका कुराहरू आउने गरेका थिए । ती सबै खोक्रो आदर्श रहेछ भनेर आलोचना हुन थालेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया