ओलीलाई सचिवालय बैठकमा तनाब, तीन दिन राहत पाए
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालयको बैठक विनाकुनै निस्कर्ष सक्किएको छ ।
प्रधानमन्त्री खड्गप्रसाद ओलीको सरकारी निवास बालुवाटारमा बुधबार राति बसेको बैठकमा पार्टीभित्रको आन्तरिक विवादका विषयमा छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
‘बैठकमा पार्टीको आन्तरिक एकताको सुदृढीकरण, सरकारका काम कारबाही, स्थायी समितिको बैठकलगायत विभिन्न विषयहरूमा गहन छलफल भयो’, प्रवक्ता श्रेष्ठले भनेका छन् ।
बैठकमा सबै सदस्यहरूले आ–आफ्ना धारणाहरू राखेको उनले बताएका छन् । धारणा राख्ने बहुमत सदस्यहरूले ओलीलाई पार्टीका नेताहरूको मागअनुसार उपयुक्त निर्णय गर्न दवाव दिएका छन् । स्थायी समितिको बैठक बोलाउन नेताहरूले दवाव दिएका छन् ।
प्रधानमन्त्री वा अध्यक्षमध्ये एउटा पदबाट राजीनामा दिन नेताहरूले ओलीलाई सुझाव दिएको स्रोतले जनाएको छ । ओली केन्द्रीय सचिवालयमा पनि अल्पमतमा छन् ।
बैठकले आन्तरिक छलफल र सरसल्लाह जारी राख्दै आगामी वैशाख २० गते पार्टी सचिवालयको बैठक बस्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री ओलीको प्रधानमन्त्री पदको कुर्सी डगमगाएपछि नेकपाभित्र खैलाबैला भएको छ ।
नेकपाका २० जना स्थायी समितिका सदस्यहरूले स्थायी समितिको बैठकको माग गरेपछि ओलीलाई तनाब भएको छ । पार्टीका सबै निकायमा अल्पमतमा रहेका ओलीलाई स्थायी समितिको बैठक फेस गर्न समस्या परेको छ ।
ओलीले सकेसम्म स्थायी समितिको बैठक फेस गर्न चाहेका छैनन् । उनले आफूलाई आलोचना बाट बचाउन खोजी रहेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया